सोमबार सुनचाँदी दुबैको मूल्य स्थीर
१८ असाेज, काठमाडाैँ । सोमबार नेपाली बजारमा सुनचाँदी दुबैको मूल्य स्थीर बनेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा आइतबार सुन तोलाको २०० रुपैयाँ र चाँदी २० रुपैयाँले बढेकोमा सोमबार भने मूल्य स्थीर रहेको हो ।
महासंघका अनुसार सोमबारका लागि छापावाला सुनको मूल्य तोलाको ८९ हजार ८०० रुपैयाँ तथा तेजावी सुनको मूल्य ८९ हजार ३५० रुपैयाँ तोकिएको छ । यस्तै चाँदीको मूल्य प्रतितोला १ हजार १६० रुपैयाँ कायम गरिएको छ ।
आइतबार पनि यहि मूल्यमा कारोबार भएको थियो ।