Advertisement

फ्रान्सेली सैन्य विमान अल्जेरियाली हवाई क्षेत्रमा प्रतिबन्धित

0 283

Advertisement

१८ असाेज, एजेन्सी । अल्जेरियाली सरकारले फ्रान्सेली सैन्य विमानलाई आफ्नो हवाई क्षेत्रमा प्रतिबन्ध लगाएको छ । फ्रान्सेली सेनाले आइतबार जनाएअनुसार प्रवेशाज्ञा विवादले कूटनीतिक सङ्कट गहिरिएको बेला यस्तो निर्णय आएको हो । यसबारे राष्ट्रपति इमानुएल म्याक्रोनको आलोचनात्मक टिप्पणी बाहिर आएको छ । फ्रान्सका जेटहरू नियमित रूपमा अल्जेरियाली क्षेत्रमाथि उडेर पश्चिमी अफ्रिकाको साहेल क्षेत्रमा पुगेर जिहादी विद्रोहीहरूसँग लडिरहेका छन् ।

सेनाका प्रवक्ता कर्नल पास्कल इन्नीले एएफपीलाई दिएको जानकारीअनुसार आज बिहान उनीहरूले दुईवटा विमानको उडान योजना तयार गरेका बेला एक्कासि अल्जेरियाली नागरिकले फ्रान्सेली सैन्य विमानले आफ्नो क्षेत्रबाट उडान रोकेको जानकारी पाएका थिए । प्रवक्ता पास्कले यो निर्णयले साहेल अपरेसनलाई र इन्टेलिजेन्स मिसनलाई भने फरक नपर्ने बताएका छन् । तर यस कदमले पेरिस र अल्जेरियाबीचको तनाव भने बढाउने छ । शनिबार मात्र अल्जेरियाले आफ्नो देशको आन्तरिक मामिलामा ‘अस्वीकार्य हस्तक्षेप’ गरेको आरोप लगाउँदै फ्रान्सका लागि आफ्ना राजदूतलाई फिर्ता बोलाएको छ ।

फ्रान्स र अल्जेरियाका सञ्चारमाध्यमका अनुसार म्याक्रोनले अल्जेरियाको स्वतन्त्रताको लडाइँमा संलग्न व्यक्तिका सन्तानलाई भनेका छन् देश एक ‘राजनीतिक–सैन्य प्रणाली’ द्वारा शासित थियो जसको इतिहास ‘पूरै पुनः लेखिएको’ छ ।

“तपाइँ देख्न सक्नुहुन्छ कि अल्जेरियाली प्रणाली थकित छ, यो हिराकले कमजोर बनाएको छ,“ उनले थपे, लोकतन्त्र समर्थक आन्दोलनको सन्दर्भमा, जसले अब्देलअजीज बुतेफ्लिकालाई दुई दशकपछि २०१९मा सत्ताबाट हट्न बाध्य पारे ।

अल्जेरिया पछिल्लो हप्ता फ्रान्सले अल्जेरिया, मोरक्को र ट्युनिसियाका नागरिकहरूलाई दिइने भिसाको सङ्ख्या ह्वात्तै घटाउने निर्णय गरेको भन्दै रिसाएको छ ।

यता फ्रान्सले भन्यो उक्त निर्णय अवैधानिक आप्रवासी कामदारलाई नियन्त्रण गर्नाका लागि आवश्यक रहेको बताएकाे छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.