Advertisement

बिहान उठेर के गर्ने -के नगर्ने ?, विहानै कालो चिया खाने कि सेतो चिया

0 647

Advertisement

१८ आश्विन, काठमाडौं । बिहान उठेर के गर्ने -के नगर्ने भन्ने बिषयमा भन्नुपर्दा तपाई हामी भन्दै आइरहेका हुन्छौं दिनको संकेत विहानले देखाउँछ । त्यसैले बिहान जस्तो कर्म गर्छौं त्यसको प्रभाव दिनभरि रहन्छ । शास्त्रमा पनि लेखिएको कुरा हो । हामीले दैनिक जिवनमा अनुभव लिदै आएका पनि छौं । कतिपय हाम्रा त्यस्ता सौखिन बानी हुन्छन् । वा लत हुन्छ जसले हाम्रो जीवन थाहै नपाई प्रभावित बनिरहेको हुन्छ ।

दिनभरको काम शुभ बनाउन विहान केही सकारात्मक सोच र कार्य गर्नु अनिवार्य छ । तपाईको दिन शुभ रहने र आर्थिक अवस्थामा सुधार आउने विश्वास छ । अरु केही नभए पनि कम्तिमा दिनभर मुड फ्रेस त हुन्छ । स्वास्थ्य राम्रो त होला ? तपाईले यी १५ बुँदा बाहे अझै अरु पनि बुझ्न सक्नुहुन्छ । विहान उठेर के गर्ने के नगर्ने भन्ने जानकारी थाहा पाइ रखौं ।

थाहा पाइराखौं के नगर्ने, गर्ने के ?

१] तपाई बिहान ढिलासम्‍म नसुत्नुस्। ब्रम्हमू्र्तको समयमा उठ्ने बानी बसाल्नुस् । सूर्य उदाउनु अगाडि उठ्नु अत्याधिक जैविक दृष्टिले राम्रो मानिन्छ । सधैं यस्तो बानी अपनाउँदा व्यक्तिगत स्वास्थ्य तथा शारिरिक सन्तुलन बस्दछ ।

२ ] बिहान उठ्ने बित्तिकै मोबाइल नछुनुस् । बादविवाद गर्ने काम नगर्नुस्। किनकी तपाईँको दिनको सुरुवात त्यसरी नै हुन्छ।

३ ] बिहान कसैमाथि रिस नपोख्नुस् नदेखाउनुस्। कसैले काम बिगारे पनि नरम बनिदिनुस् । सकारात्मक हुनुस् । अपशब्द त बोल्दै नबोल्नुस्।

४ ] बिछ्यौनामै पल्टेर टीभी, मोबाइल हेर्ने बानी छ भने त्यो त्याग्नुस् । जहाँ हत्‍या, हिंसा, बलात्कार वा अन्‍य जघन्‍य अपराधका समाचारहरुले बढि स्थान पाएका हुन्छन् । अब त्यस्ता विषयले तपाईको दिनको खराब सुरुवात गर्दछ । आफू प्रभावित भइन्छ । त्यस्ता समाचारबाट सकेसम्म टाढै हुनु बेस् । यद्यपि सकारात्मक सामाचार केही हेर्न भने सकिन्छ ।

५ ] उठ्ने बित्तिकै ऐना नहेर्नु होला। धेरैको यो बानी हुन्छ । यसलाई सुधार्नुस् । यसले तपाइको शरीरमा धेरै मात्रामा नेगेटिभ ऊर्जा, रोगको सम्भावना र भयको सम्भावना बढी शरीरमा उत्पन्‍न गराउँछ। बरु अफिस जाने समयमा वा फ्रेस भएर ऐना हेर्दा उपर्युक्त हुने विज्ञहरु बताउँछन् ।

६ ] उठ्ने बित्तिकै घरको छत, बार्दलीमा गएर आफ्नो कमलो छाया वा अरु व्‍यक्तिको पनि हेर्दै नहेर्नुस्। छायाँ हेर्नाले पनि ऊर्जा नेगेटिभ बनाइदिन्छ तपाइको शरीरमा।

७ ] जनावरहरुको तस्बिर र फोटो रुममा राख्नु भएको छ भने कृपया हेरेर नबस्नु । शास्त्रीय ढंगले जनाबरहरुको तस्बिर हेर्न उचित मानिएको छैन बिहानै ।

८ ] दूध हालेको चिया खाँदै नखानुस्। यसले स्वास्थ्य खराव बनाउँछ । ग्‍यास्ट्रिक बढाउँछ । ग्यास्ट्रिकले अल्सर, अलसरले क्‍यान्सर हुन सक्छ । आजकाल त अझ बेड टी अर्थात ओछ्याउनमै चिया खाने धेरैको बानी हुन्छ। त्यो राम्रो होइन । बरु बिहान मनतातो सबैभन्दा उत्तम हुन्छ ।

९ ] विहानै मसलेदार खाना, खैनी चुरोट र चिया छुदै नछुनु राम्रो । अब तपाइ जे खानुहुन्छ, त्‍यस्तै बन्दै जानुहुन्छ। विचार गर्नुस् ।

१० ] बिहान कालो चिया पिउनुस् वा तुलसीको पातको चिया। चिया चिनीको सट्टामा सख्खर राम्रो । तर, दुध हालेको चिया तपाईको दिनको खराव शुरुवात मात्रै होइन, त्यो बानीले जीवनभरै रोगी बनाइदिनसक्छ ।

११ ] तुलसीमा जल चढाउनु दिनहुँ बिहान नुहाई धुवाई गरेपछि तुलसीको बोटमा जल चढाउनाले देवी देवताको कृपा प्राप्त गर्न सकिन्छ भन्ने विश्वास छ । जुन घरमा तुलसी हुन्छ त्यसको रेख देख हुन्छ दिनहु पानी चढाईन्छ त्यहाँ सुख समृद्धि प्राप्त हुन्छ । तुलसीलाई भगवान विष्णुको प्रतिक मानिन्छ ।

१२ ] सूर्यलाई जल चढाउनु शास्त्रहरुमा भनिएको छ जो मानिस दिनहुँ सूर्यलाई जल अर्पित गर्छ । घर परिवार वा समाजमा उसको मान सम्मान हुन्छ । राम्रो स्वास्थको लागि पनि यो कार्य गर्नु अनिवार्य मानिन्छ । अनुहारको चमकता बढ्छ। स्वास्थ्य सम्बन्धी धेरै कुरा प्राप्त गर्न सकिन्छ।

१३ ] गाईलाई रोटी ख्वाउनुहोस् सक्नु हुन्छ भने बिहान खाना बनाउने समयमा पहिलो रोटी गाईलाई ख्वाउनुहोस् । हर दिन गाईलाई रोटी ख्वाउन सकियो भने कयौ समस्याहरू हट्दै जाने विश्वास छ । घरमा अन्न र धनको कमी हुन पाउँदैन भनिन्छ ।

१४ ] योग एवं ध्यान गर्नुहोस् लामो समय सम्म स्वस्थ रहन र शरीरलाई पूmर्तिलो बनाइ राख्नको लागि सर्वश्रेष्ठ उपाय भनेको योगा हो। योगाले शरीरलाई धेरै किसिमका विमारीहरुबाट बचाउँछ। मानसिक स्थितिमा सकारात्मक प्रभाव पार्छ । ध्यानले क्रोधलाई नियन्त्रण गर्छ । मानसिक तनाब बाट मुक्ती दिलाउँछ । शरीरलाई रोग सँग लड्ने क्षमतामा वृद्धि गर्छ ।

१५ ] घरको मन्दिरमा पूजा गर्नुहोस् हरेक दिन बिहान घरमा आपूmले स्थापना गरेको मन्दिरमा दियो बाल्नु अगरबत्ति जलाउनु उत्तम कार्य मानिन्छ । दियोको उज्यालो र अगरबत्तिको धुवाँले घरको वातावरणका नकारात्मक उर्जा खतम हुन्छ भने हरेक दिन विहान घरमा बत्ति बाल्नाले वास्तुका अनुसार पनि कयौं दोषहरु हट्छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.