Advertisement

प्याब्सन काठमाडौँको अध्यक्षमा ज्ञानबहादुर श्रेष्ठ

0 247

Advertisement

१७ असोज, काठमाडौं । निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) काठमाडौँ महानगरपालिकाको अध्यक्षमा ज्ञानबहादुर श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

शनिबार राति सम्पन्न प्याब्सन काठमाडौँ महानगरपालिकाको दोस्रो अधिवेशनले दुई वर्षका लागि श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा गगन ऐर, उपाध्यक्षमा राजन आचार्य र देवु फुँयाल, सचिवमा रबिन बस्नेत, सहसचिवमा निलिमा बिंडारी ‘पन्त’, कोषाध्यक्षमा राजेन्द्र थपलिया र सहकोषाध्यक्षमा निर्मल पौडेल निर्वाचित हुनुभएको छ । यस्तै सदस्यमा बाबुराम गौतम, तेजप्रकाश श्रेष्ठ, देवी डोटेल, ईश्वर पुडासैनी, उमा श्रेष्ठ र रामप्रसाद खतिवडा चयन हुनुभएको छ ।

निर्वाचित अध्यक्ष श्रेष्ठले सञ्चारकर्मीसँग कुरा गर्दै निजी विद्यालय सञ्चालनका क्रममा देखिएको समस्या समाधानका लागि काठमाडौँ प्याब्सनले काम गर्ने बताउनुभयो ।

काठमाडौँ महानगरपालिकाभित्रका ३५० विद्यालय प्याब्सनमा आबद्ध छन् । प्याब्सन काठमाडौँ महानगरपालिकाको पहिलो अधिवेशन विसं २०७५ मङ्सिरमा सम्पन्न भएको थियो ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.