Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

इपिल–विराटनगरको जीत

0 47

१७ असोज, काठमाडौं । विराटनगर वारियर्सले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेटको आफ्नो अन्तिम खेलमा पहिलो जीत दर्ता गराएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा आफ्नो अन्तिम खेलमा विराटनगरले काठमाडाँै किङ्स–११ लाई ७ रनले पराजित गर्दै इपिएलमा सान्त्वना जीत दर्ता गराएको हो ।

विराटनगरले दिएको १०५ रनको लक्ष्य पछ्याएको काठमाडौँले निर्धारित ८ ओभरमा ३ विकेट गुमाएर ९७ रनको योगफल बनायो ।

काठमाडौँका रहमानुल्हा गुर्बाजले सर्वाधिक २८ रन बनाए भने सुवास खकुरेलले २६, राजु रिजालले २४ र रायन बुर्लले १५ रन बनाए । बलिङतर्फ विराटनगरका रायन पठानले दुई र प्रतिश जिसीले एक विकेट लिए ।

वर्षाका कारण आठ ओभरमा छोट्याइएको खेलमा काठमाडौँविरुद्ध पहिले ब्याटिङ गरेको विराटनगरले ५ विकेट गुमाएर १०५ रनको लक्ष्य दिएको थियो । विराटनगरको जीतमा अनिल साहले १६ बलमा अविजित रहँदै सर्वाधिक ४५ रनको योगदान गरे । त्यस्तै रायन पठानले ३० रन जोडे भने कप्तान करण केसीले १५ रनको योगदान गरे । सौरभ खनाल ५ रनमा अविजित रहँदा, सिकन्दर राजा ४, आशिफ शेख २ र दिलशान मुनाविरा १ रनमा आउट भए ।

बलिङतर्फ काठमाडौँका कप्तान सन्दीप लामिछाने, गुल्सन झा र रायन बर्लले एक एक विकेट लिए । विराटनगरले ५ खेलमा २ अङ्क जोड्यो । अघिल्लो चार खेल गुमाएको विराटनगर अङ्क तालिकाको पुछारमा रह्यो । काठमाडौँ ३ खेलमा २ अङ्क जोडेर पाँचौँ स्थानमा रहेको छ ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.