Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

नेपाली कांग्रेस गोकर्णेश्वर नगर सभापतिमा कुमार लामा बिजयी

0 99

१७ असोज, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन नगर अधिवेशन अन्तर्गत गोकर्णेश्वर नगरपालिकाको नगरमा सभापतिमा नेपाली कांग्रेसका कुमार लामा बिजयी भएका छन् । कुल खसेको २०५ कुल भोट मध्ये लामाले १०९ मत प्राप्त गरे भने उनका प्रतिस्पर्दी रामजी श्रेष्ठले ९३ मत प्राप्त गरेका थिए ।

साथै उप–सभापतिमा विकास श्रेष्ठ ११५ मत ल्याएर र बटुकृष्ण ढुंगेल १०२ मत ल्याएर विजयी भएका छन् । ढुंगेल संस्थापन पक्षबाट एकल विजयी भएका हुन् भने अन्य निर्वाचित प्रकाशमान सिहं पक्षधर रहेका छन् ।

सचिवमा जयराम बिस्ट १३० मत प्राप्त गरी विजयी भएका छन् भनें अर्का सचिवका विजयी उम्मेदवार रमेश रिजाल ९० मत सहित विजयी बनेका छन् ।

सहसचिवमा अशोक नेपाल ११४ मत ल्याए भने गोकुल प्रसाद सिंखडा १०३ मत ल्याई विजयी भएका छन् ।

अन्य सदस्यका पदहरुमा सर्वसम्मती भएको थियो । सभापति, उपसभापति, सचिव र सहसचिव पदमा भएको चुनावमा १४ जना प्रशिश्पर्धामा रहेका थिए । शनिबार सम्पन्न मतदान सम्पन्न भएको थियो ।

प्रतिस्पर्दी कसले कति पाए मत ?

सभापतिका प्रतिस्पर्दी
१) रामजी श्रेष्ठ – ९३
२) कुमार लामा – १०९

उप–सभापति का प्रतिश्पर्धी :
१) भरत कुमार गिरी– ६७
२) विकास श्रेष्ठ – ११५
३) बटुकृष्ण ढुंगेल – १०२
४) रविकुमार पण्डित – ८६

सचीव प्रतिश्पर्धीका प्रतिश्पर्धी :
१) सञ्चय परियार – ७५
२) रोदन पण्डित क्षेत्री – ८५
३) जयराम बिष्ट – १३०
४) रमेश प्रसाद रिजाल– ९०

सहसचिवका प्रतिश्पर्धी :
१) अशोक बुढाथोकी – ६७
२) गोकुल प्रसाद सिंखडा – १०३
३) अशोक नेपाल – ११४
४) बिजय खत्री – ७८



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.