कागेश्वरी-मनोहरा नगर सभापतिमा दाहाल प्यानल विजयी
१७ असोज, काठमाडौं । नेपाली काँग्रेसको कागेश्वरी-मनोहरा नगर सभापतिमा उद्धव दाहाल विजयी भएका छन् ।
शनिबार भएको नगर अधिवेशनबाट दाहाल सभापतिमा निर्वाचित भएका हुन्। कुल खसेको २९३ मत मध्ये
दाहालले १५१ मत पाए भने अर्का प्रत्यासी मिठ्ठाराम दाहालले १३८ मत पाएका थिए । उनी संस्थापन पक्षधरबाट विजयी भएका हुन् ।
नेपाली कांग्रेस कागेश्वरी मनोहरा न.पा.को नगर अधिबेशनबाट उद्धब दाहाल र उहाँको समुह नगर कार्यसमितीमा निर्बाचित हुनुभएको हो ।
त्यसै गरि उप सभापतिमा राम खड्का र शंकर बहादुर बिष्ट,सचिबमा सुजन थपलिया र सुरेन्द्र प्रसाद ढकाल,सहसचिबमा बिनोद मुल्मी र रमेशप्रसाद घिमिरे निर्वाचित भएको नेपाली कांग्रेसका युवा नेता कविर शर्माले जानकारी दिनुभयो ।