Advertisement

कौशिक नवराजको “डिएर एक्स” कथा सङ्ग्रह बजारमा

0 1,024

Advertisement

१७ असाेज, काठमाडाै । सिमल बुक्स पब्लिकेशनबाट प्रकाशित कौशिक नवराजको “डिएर एक्स” कथा सङ्ग्रह यही घटस्थापना देखि बजारमा आउदै छ । लेखकले निजामति सेवासँगै प्रेम, बिछोड र धोकालाई अलिक फरक ढङ्गमा विषयवस्तु समावेश गरी तयार गर्नु भएको छ । यस कथासङ्ग्रहमा जम्मा दशवटा कथाहरु समेटिएका छन् । कथा आफ्नै नेपाली परिवेशलाई आधार मानिएर लेखिएको हुँदा यसमा तपाईंहरु रहनुभएको, पुग्नुभएको भूगोलको यसले पुनः एकपटक स्मरण गराउँदै सो ठाउँको बारेमा अनि कथाका पात्रहरुको बारेमा एकपटक होइन, पटकपटक सोच्न बाध्य बनाउनछ ।

प्रेम जीवन जिउने बलियो आधार हो । तर यसको मूल जरो पक्रिन नसक्दा मान्छेमा बेचैनी बढ्छ, छटपटीले मनको घडेरीमा डेरा जमाउँछ । मान्छे प्रेमलाई नै बेस्सरी सराप्ने स्थितिसम्म पुग्छ । प्रेममा परेपछि दायाँबायाँ केही नदेखिने भएकोले प्रेमलाई अन्धो वस्तुको उपमा पनि दिने गरिएको पाइन्छ । तर प्रेम आफै“मा अन्धो हुँदैन । प्रेम गर्नेहरु चाहि“ अन्धो बन्न पनि सक्छन् । प्रेम सृष्टिको अमूल्य धन हो, मानिस केवल माध्यम मात्र हुन् ।

साथीको विवाह चुनौती

काठमाडौं बस्दा सुमन सर पढ्न मात्रै आएका थिएनन् । मेरा लागि सरप्राइज लिएर आएका रहेछन् । उनी मलाई उनको लभको सरप्राइज दिन पनि आएका रहेछन् । उनी प्रेममा परेका रहेछन् । त्यो पनि आफ्नै फुपूको नन्दसँग ।

उनको कुरा सुनेपछि मैले भने“, “हैट, यस्तो त हुँदैन होला हौ । कसरी आफ्नै फुपूको नन्दसँग लभ अनि बिहे गर्न लाग्नुभएको ? के यो कुरा घरमा थाहा छ ?”

मैले यो जिज्ञासा राखेपछि उनले भने, “हैन सर, हिन्दु धर्ममा हुँदैन होला । तर हाम्रो तामाङ सम्प्रदाय, त्यसमा पनि धेरै बौद्ध अनि कम हिन्दु धर्म मान्ने परिवारहरुमा यस्तो त चल्छ ।”

म छक्क परे“ । भने“, “केही छैन सर । लभ गर्नु संस्कृति विरोधी नभएमा के भयो र ?” मैले थप जिज्ञासा राखे“, “यो हजुरको जीवनमा कसरी सम्भव भयो ? हजुरजस्तो मान्छे पनि प्रेममा पर्नु … ।”

उनी र म एउटै ड्याङका मुला थियौ“ । हामीलाई सिरक पट्याउन त आउँदैनथ्यो, कसरी केटी पट्याउँछस् र गरी खान्छस् भन्थे अरुहरु । मैले यही प्रसङ्ग निकाल्दै भने“, “सर, भनेपछि अब सिरक पट्याउन जान्नुभयो ?”

०००

प्रेममा परेपछि मान्छे अन्धो हुन्छ भन्थे । यो त मैले देख्न पाएको थिइनँ । तर प्रेममा परेपछि मान्छेका गतिविधिमा चाहि“ पक्कै फरक पर्ने रहेछ । यही भएको थियो, सुमनको केशमा पनि । ऊ पहिलेजस्तो थिएन । ऊ हरेकपटक मलाई फोनमा यो भयो ? च्याटमा त्यसो गरियो ? जस्ता कुरा सुनाउँदै खूब उत्साहित हुन्थ्यो ।

एक दिन अचानक सुमन सरले गर्लफ्रेण्डको फेसबुक पासवर्ड मागेछन् । केटीले दिन मानिन । यही विषयमा उनीहरुको झगडा पर्ने देखियो । मैले भने“, “हैन सर ! किन चाहियो फेसबुक पासवर्ड ? विश्वास त फेसबुकमा मात्रै अडिएको हुँदैन नि । लु फेसबुकको पासवर्ड दिएँ अरे । अब के गर्नुहुन्छ ? उसको इन्बक्स चेक गर्नुहुन्छ, हैन त ? यही हो गर्ने ? इन्बक्समा कोहीसँग गफ भएको देखेमा शङ्का गर्ने ? उसको हिस्ट्री पत्ता लगाउने हो ? यही कामको लागि हो भने त्यो सरासर गलत हो ।” हैन सर तपाईंहरुको यो कस्तो माया हो । एउटा फेसबुकको पासवर्डमा अडिने पनि माया हुन्छ र । म अरु कोहीसँग सम्बन्धमा रहेको छैन, तिमी बाहेक ब्याकअपमा कोही राखेको छैन भनेर पासवर्ड शेयर गर्नुपर्ने यस्तो पनि माया हुन्छ र । अनि यस्तो माया कति दिन टिक्छ होला । मैले सुमन सरलाई मायामा विश्वास गर्नाेस अनि मात्रै सम्बन्ध मजबुद हुन्छ भनेर सम्झाउन खोजे“ ।

उसले मेरो कुरा सुनेन । सुन्न चाहेन । सुन्ने कोसिस गरेन । एकोहोरो सुने पनि बुझ्न खोजेन । उसलाई जसरी हुन्छ पासवर्ड चाहियो, चाहियो । उसको स्वभाव नै यस्तै थियो मागेपछि पाउनै पर्ने । अलिक जिद्धी स्वभावको । अन्ततः यस सन्दर्भमा उसले जितेको केही दिनमा नै थाहा भयो ।
प्रेममा परेपछि प्रेममा आउने उचारचढावले मान्छेको जीवनमा पनि उतारचढाव ल्याउँदोरहेछ । एक त पाहुना बनेर आएको मान्छे पूरै कोठाभाडा, खाना खर्चदेखि अफिस अनि फेरि प्रेम सम्बन्धमा शङ्काको वातावरणले ऊ बिरामी प¥यो । बिरामी पनि यसरी प¥यो कि मैले उसलाई डाक्टरको हैन, माता अर्थात् मैतिदेवीको धामिकोमा लैजानुप¥यो । ऊ पूरै बिरामी भयो । माताले पनि ठीक पार्न सकिनन् । शङ्काले लङ्का जलाएर माताकै छोरीको कारण लागेको रोग माता हैन निको नै पार्ने भए स्वयम् माताकी छोरी आएर उसले भने बमोजिम गर्दिन पथ्र्यो । काठमाडांैमा रोग निको हुने छाँटकाट नदेखेपछि ऊ घर जाने भयो ।

मैले उसलाई कोटेश्वरमा लगेर नाइट बस चढाउने निधो गरे“ । उसका बाबुले बस मालिक र ड्राइभर चिनेको हुनाले उसलाई र मलाई पनि सहज भयो । ऊ पढ्न भनेर काठमाडौं आएको, केटीको फेसबुक पासवर्ड हुँदै शङ्का र शङ्काले लङ्का हुँदै ऊ प्रेम रोगी भएर घर जाने स्थिति आयो । यसमा उसलाई काठमाडौंमा टिक्न मुस्किल परेको धुवाँ, धुलो अनि अफिसियल टेन्सनले पनि केही काम गरेको हुन सक्छ ।
दिनहरु बित्दै गए । बिहानको उत्साह, दिनहरुको भागदौड र साँझको सन्नाटाले दैनिक आफ्नो नित्यकर्म गरिरहे । रातहरुले फूलहरुमा रजनीजल छर्किरहे ।

ऊ करिब २२ दिन पछि फेरि काठमाडौं आएछ । म अफिसबाट फर्किंदा सरप्राइजको शैलीमा फेरि प्रस्तुत भयो । अस्ति बिरामी भएर गएको केटा कसरी आज यसरी ऊर्जावान् भएर फर्कियो ? मेरा लागि यो सबै रहस्यको विषय भयो । हैन प्रेममा शक्ति हुन्छ भन्थे यही रहेछ । उसको ऊर्जावान् बोली र व्यवहारले नै यो देखाउँथ्यो । प्रेममा शक्ति हुन्छ त कहिले यही शक्तिले मान्छेलाई खुुसी बनाउँदै नचाउँछ अनि कहिले डिप्रेशनको सिकार बनाउँदै उठिबास लगाउँछ । नजिकबाट प्रेमको केस स्टडी गरिरहेको मैले उसको दुःखी र खुसी दुवै मुडको साक्षी भएको हुँदा यसको राज के हो भन्दे सोधे“, “सर यो सब कसरी ? अस्ति भर्खरको बिरामी, कसरी ठीक हुनुभयो ?”

उसले जोसिँदै भन्यो, “हैन सर, यसपटक डेटिङ गइयो ।”

मैले भने“, “ओ माइ गड ! तपाईं हेर्दाहेर्दा डेटिङ पनि हान्न सक्ने हुनुभयो ? अब सिरक पट्याउनेबाट एक कदम अघिको यात्रामा निस्किसक्नुभयो । भन्नुस्, डेटिङ कहाँ जानुभयो ? कसरी भयो … ? भन्न मिल्नेसम्मका सेयर गर्नोस् न सर । पछि हामीलाई पनि काम लाग्छ ।” कतै पढेको थिएँ फेसबुकमा पासवर्ड मागेर सुरm गरिएका सम्बन्धहरु चार डेट र दुई सेक्स भन्दा बढी टिक्दैनन् रे । त्यही पनि उसको डेटिङमा मुख्य काम भयो कि भएन भनेर सोध्न उत्साहित थिएँ ।

०००

म उसको डेटिङ कहानी सुन्न रोमाञ्चक मुडमा बसेको थिएँ । टकटक गरेर ढोकामा आवाज आयो । म ढोका खोल्न पुगे“ । ढोकाबाट एकैपटक फायर सुरm भयो । गोली बारुदको फायर हैन, गालीको फायर । अर्थात्, हामी गफ गरेको, हाँसेकोले उनीहरुलाई डिस्टर्ब भयो रे । कोठा थुनेर हाँस्न, गफ गर्न पनि नपाउने भन्न मन थियो । तर उसले थ्रिटन दिएर गई । ऊ अर्थात् घरबेटीको छोरी । जो हामी बसेकै फ्लोरमा बस्थी । ऊ म्यारिड थिई कि अनम्यारिड थिई । के गर्थी, के पढ्थी हामीले धेरै चासो गर्दा पनि पत्ता लगाउन सकेका थिएनौ“ । हामी उसलाई बैला अर्थात् थारो गाई जो जतिपटक गोरm लगाए पनि कहिल्यै ब्याउने हुँदैन भन्थ्यौ“ । जब जब हामी कोठामा अलिक ननभेज गफ निकालेर हाँस्न थाल्थ्यौ“, उसले कसरी कसरी थाहा पाइहाल्थी अनि पूरै उसको अन्डरवेयर भिजेर छटपटी भएजसरी हामीलाई थ्रिटन दिन आउँथी । मानौ“ उसको पानीको मूल हाम्रै कारणले फुटेको हो र ऊ मूल नै बन्द गर्न चाहन्थी र आज पनि उसले यसै गरेर गई ।

उसले थर्काएर जानेबित्तिकै सरले भने, “हैन सर, आज बैला गाईले खूब थर्काएर गई । त्यो पनि म आएकै दिन । किन ?”

“खै सर ।” मैले थाहा नपाए जसरी भने“ ।

“हैन सर, आज बेलुका यसलाई ब्याउने बनाइदिऊँ त ? तपाईं थुतुनो थुन्नोस्, म बिताउँछु अनि म मुख थुन्छु तपाईं बिताउनोस् । एकै दिन दुईवटा गोरm त्यो पनि बहर भएपछि नौ महिना हैन, पृथ्वीनारायण शाहजस्तै सात महिनामा नै जन्माउँछे जुम्ल्याहा ।” त्यो पनि एउटा मंगोल र अर्को खस आर्य अनुहार । एकहलको मेलो हाँस्दै सरले भने ।

मैले भने“, “हा हा हा. . . हुँदैन सर । यो बैलालाई हामीले सक्दैनौ“ । पहिलो त यसलाई लडाउन नै सकिँदैन अनि अर्को कुरा लडाए पनि यसलाई डोज पु¥याउनै सकिँदैन । कम डोज भयो भने त्यो झन् खतरनाक हुन्छ, घाइते बघिनीजस्ती । फेरि हामीले यस्तो सोच्नु पनि हुँदैन ।”
उनले जोसिँदै भने, “सर के गर्ने त ? यसलाई केही त आजै गर्नुप¥यो । हामी गफ गरेको यसलाई हल्ला हुने । हैन हौ सर, यो चालु नै हो त । अनि, के त यत्रो उमेरसम्म बिहे चाहि“ नगर्ने तर सेक्स मात्रै गरेर बस्ने के हो त ?”

उसको कुरामा मैले अलिक अनभिज्ञता जनाउँदै भने“, “खै सर, यो बारेमा मलाई त थाहै थिएन । आज थाहा पाइयो ।”

सुमन सरले फेरि भने, “लौ न सर, भन्नोस् । के गर्ने ? आजै बिताउने त यसलाई ?”

मैले भने“, “हैन सर, नबिताऊँ होला । मैले तपाईंका अगाडि कट्टु खोल्ने गरेको छैन । मलाई त तपाईंका अगाडि खोल्न साह्रै लाज लाग्छ ।”
दुवै जना लामो हाँसो हाँस्यौ“ । हाम्रो हाँसोको फोहरा कोठा हुँदै उडेर परिवेशमा निर्भय बहिरहेको हावाका कणमा गई मिसियो । त्यसपछि हामी आन्टीको होटलमा खाना खान गयौ“ ।

००००

भोलिपल्टदेखि मेरो एक महिने काम प¥यो । मलाई मन्त्रालयले विदेशी फिल्म सुटिङको लागि मन्त्रालयबाट सम्पर्क अधिकृतको रुपमा लाङटाङ क्षेत्रमा पठाउने भएको थियो । म कोठाको चाबी जिम्मा दिएर लाङटाङ क्षेत्रतिर प्रस्थान गरे“ । करिब एक महिना हाम्रो भेट हुँदैनथ्यो । कतिपय दिन त मोबाइल गफ पनि हँुदैनथ्यो । त्यो एरियामा फोन लाग्दैनथ्यो ।

मैले काठमाडौं छोडे“ । लाङटाङ क्षेत्रको परिधिमा पुगेर आफूलाई बिसाएँ । त्यतै उडेका चराहरुको गीत सुने“ । धुलो, धुवाँले ग्रसित भएको फोक्सोमा नयाँ अक्सिजनका लहरहरु भरे“ । दिनहरु क्रमशः आउँदै र उड्दै गइरहेका थिए । महिना दिन कति छिटै बितेछ, पत्तै भएन ।
एक महिनापछि म पनि खूब एक्साइटेड हुँदै आएँ । उसलाई सरकारी डेटिङ, विदेशी फण्डिङमा सञ्चालित डेटिङ, विदेशी महिलाको साथमा हुने रसलीला सुनाउन आतुर थिएँ म । तर म आउँदा ऊ थिएन । ऊ फेरि प्रेमको चक्करमा परेर घर गएको रहेछ । उसले खाना खाने ठाउँमा कोठाको चाबी छोडेको रहेछ । ए बूढा ! प्रेममा शक्ति हुन्छ भन्ने त थाहा थियो तर यसरी चुम्बक जसरी तानेको तानै गर्छ भन्ने चाहि“ भर्खर मात्रै थाहा पाएँ । खुब ठूलो आकर्षण सहितको शक्ति हुँदो रहेछ । साला ब्ल्याक होल नै हो कि क्या हो यो केटी मान्छेको शरीर । पुरmष शरीर त देख्नै नहुने, तानेरै आफूतिरै लगेको लगै गर्छ ।

००००

ऊ करिब एघार दिनपछि उही पहिलेजस्तै जोश लिएर आयो । डेटिङ कहानीको विनिमय गर्न हामी उत्साहित थियौ“ । उसको डेटिङ सुनिरहेको थिएँ । तर मलाई बीचैमा बोल्न मन लाग्यो । उसले भन्दै थियो । उसको हात उसकी प्रेमिका सुबिनाले सुम्सुमाउँदै कति साना अनि कोमल हात भनी अरे । मैले बीचैमा भने“, “हो सर, केटी चाहि“ अनुभवी भेट्टाउनुभएछ । साना ठूला दुवै हात सुम्सुमाएको अनुभव रहेछ ।”

मेरो यस्तो कुरा सुनेपछि ऊ अलिक रातो भयो । अनि, मैले भने“, “हैन सर, रमाइलो मात्रै गरेको ।”

उसले पहिलेजस्तो जोसिलो पाराले डेटिङ वर्णन गर्न सकेन । उसलाई मेरो कुराले बिझायो होला भनेर फेरि पनि सरी भने“ मैले । त्यो दिन त्यतिकै सकियो ।

उसले एक दिन फेरि च्याटमा भएको कुरादेखि उसको फोटोमा कुनै कैलाश लामा नाम गरेको मान्छेले नाइस पिक्स बेबी लेखेको स्क्रिन सट देखाउँदै मेरो कोठामा आयो ऊ । अनि, मैले त्यो आइडी कसको हो, पत्ता लगाउन भने“ । उसले फेरि पासवर्ड चेन्ज भएको भन्यो । मैले यसपटक चाहि“ जसरी भए पनि माग्नोस् अनि पत्ता लगाउनुपर्छ भने“ । उसले अनेक गरेर पासवर्ड माग्यो । केही कुरा पत्ता पनि लाग्यो । कैलाश लामा भन्ने सुबिनाको मामाको सालो पर्दोरहेछ । विवाह चल्ने परिवारभित्रबाट नै रहेछ ऊ । तामाङको एउटा जात अनि ऊ लामा । हाल कैलाश मलेसियामा रहेछ । उसको च्याटमा सि वल्ड मेसेज हेर्दै जाँदा पत्ता लाग्यो । बेबी त्यो अस्ति पठाएको दश हजार चाहि“ के ग¥यौ भनेर लेखेको रहेछ । यो देखेर ऊ पूरै फायर भयो । उसले मेरै अघि फोन गरेर भन्यो, अब हाम्रो सम्बन्ध सकियो । दि गेम इज ओभर । फाइनल्ली बे्रकअप भन्यो ।

लाउड स्पीकर थियो । उता केटी के भयो हजुर भन्दै रmन पो थाली । अब मलाई फसाद प¥यो । मैले कसलाई सम्झाउने ? आफ्नो साथीलाई कि उसको प्रेमिकालाई ?

भोलिपल्ट ऊ मेरो कुरामा सहमति जनाउँदै आयो । मलाई भन्यो, सर हजुरले त कसरी ठ्याक्कै शब्दशब्द केलाएर विश्लेषण गर्नुहुँदो रहेछ । हो, त्यो केटी उसको पूर्व प्रेमी नै रहेछ । त्यो अनुभवी नै रहिछे । नत्र, कसरी ठूला र साना हात भनेर भन्न सकी त ?

मैले भने“, “त्यस्तो त हैन होला सर । मैले यत्तिकै भनेको थिएँ ।”

उसले कैलाशको धेरै फोटोहरु डाउनलोड गरेको रहेछ । फोटो जुम गर्दै हेर्दा केही क्ल्यु चाहि“ पत्ता लाग्यो । सुमनको भन्दा कैलाशको हात अलिक ठूला नै रहेछन् । मलाई यस्तै लाग्यो ।

म बेलुका अफिसबाट फर्किंदा ऊ कोठामा थिएन । मैले फोन गरे“ । फोनमा उसले भन्यो, “सर म थानकोट कटिसके“ । अब यसपटक फाइनल गरेर आउँछु ।” यति भनेर उसले फोन काट्यो ।

हैट, कसैको कालो जिब्रो हुन्छ भन्थे । यस्ता कालो जिब्रो भएकाहरुले जे बोल्यो त्यही पुग्छ पनि भन्थे । साला मैले यतिकै भन्दिएको थिएँ अब संयोग नै परेर हो वा अन्य केही भएर हो ठ्याक्कै मिल्यो त म के गरुँ ।

ओ माइ गड ! मेरो मुखबाट चिप्लिएको एक शब्दले गर्दा आज साथीको प्रेम सम्बन्ध सकिने भयो । मेरो एक शब्द शङ्काले लङ्का जलाउने स्थिति पो देखियो । मेरो मन अमिलो भयो । अमिला पलहरुलाई स्वीकार गर्नुको अर्को नाम पनि जिन्दगी हो रहेछ । यस्तै सोच्दै म खाना खाने ठाउँतिर लागे“ ।

ऊ करिब नौ दिनपछि आयो । ऊ काठमाडौं पढ्न आएको त्यो पनि काजमा बसेको थियो । हैन, उसलाई यति धेरै बिदा दिइरहने हाकिम पनि कस्ता हुन् हौ ? अनि, ऊ के भनेर यति लामो समय बिदा स्वीकृत गराउन सक्दो होला ? बिदा लिन पनि पावर नै लगाउँछ कि पैसा वा खाजा नास्तामा कुरा मिलाउँछ ? उसलाई देख्नेबित्तिकै मेरो मनमा यस्तै कुरा चलिरहेको थियो । म कोठामा बसेको देखेर ऊ आयो । अरु केही नभनी सीधै भन्यो, “सर मैले उसलाई ब्रेकअप दिएँ । अब म स्वतन्त्र छु । लु एक्जाम पनि आउन लाग्यो । अब चाहि“ केटीको नाम नै नलिई पढ्ने हो । बरु, एक हप्ता मिल्छ भने तपाईं पनि बिदा बस्नोस् ।”

उसले त अझै एक हप्ताको बिदा नै स्वीकृत गरे जसरी पो कुरा गर्छ त, ब्रेकअप सामान्य केटाकेटी गेम जसरी । केटीको नामै नलिई पढ्ने पो भन्छ त । उसले उसका पहिलेका यादहरु कसरी मेट्न सक्यो ? के याद पनि इरेजरले मेटे जसरी मेटिन सक्छ र ? भन्नोस् न सर यदि मिल्ने भए म मेरा लाइफका नराम्रा पलहरु सबै मेटिदिन्थे । मैले यो जिज्ञासा राखे“ । उसले जवाफ अर्कै दियो, “त्यो केटीको कैलाशेसँग पूरै चक्कर रहेछ । पछि उसको घरमा कैलाशेजस्तो लफुङ्गोलाई नदिने भएपछि ऊ पैसा कमाउन मलेसिया गएको रहेछ । मैले फुपूसँग बुझ्दा कैलाशे त्यो केटी १२ कक्षामा पढ्दा धेरैपटक उसको घरमा आउने जाने गर्दथ्यो रे । १२ कक्षा पढ्दाको त्यो पनि हर्मोन छचल्किएको उमेरमा त्यो पनि कैलाशेजस्तो बोकाको सङ्गतमा परेपछि उसले पूरै दियो होला नि ।”

यसो भनेर उनले रिस पो पोख्न थाले । अनि, मैले भने“, “सर अब ब्रेकअप नै दिएको भए कुरा सकियो । अरुले जसरी दिए पनि छोड्नुस् यो कुरा । तपाईं साँच्चै पढ्ने हो र घर कुदी नरहने हो भने म पनि बिदा लिएर बसुँला । सँगै सामूहिक स्टडी गरौ“ला । विचारहरुको विनिमय गरौ“ला ।”
मैले पहिला सात दिन र पछि थपेर पाँच दिन गरी बाह्र दिन बिदा लिएँ । हामीले परीक्षा पनि दियौ“ । परीक्षा राम्रै भएको थियो । अब रिजल्ट चाहि“ भगवान् भरोसा । धेरैपटक परीक्षा राम्रो हुँदा पनि नाम मिल्ने, थर मिल्नेदेखि आफ्नै साथीहरुको नाम निस्कन्थो तर हाम्रो चाहि“ जहिले पनि शिवखुलित । लोकसेवाले जहिले शिवखुलित बनाएको थियो ।

परीक्षा सकिएपछि काज फिर्ताको पत्र सहित सुमन सर घर जाने भए । म उनलाई बिदा गर्न कोटेश्वरसम्म गएँ । तीन चार महिनासँगै बसेका अनि धेरै पहिलेदेखि चिनजान भएको साथीसँग छुट्टिन पर्दा मन त यसै भारी भएर आएथ्यो ।

ऊ गएपछि म एक्लो भएँ । ऊसँग फेसबुकमा कुरा त भइरहेको हुन्थ्यो । मलाई नरमाइलो त ऊ गएकोले भन्दा पनि उसको प्रेम मेरो एक शब्दले उत्पन्न गराएको शङ्काको कारण भएको हो भन्ने लागेर मलाई झन् पोल्न थाल्यो । यसभन्दा पहिले पनि उसले उसको अफिसको स्टाफको स्टाफ नर्स छोरीसँग बिहे गर्न लाग्दा मैले निजामति र स्टाफ नर्स त मिल्दैन त्यसमा पनि उनीहरुको नाइट ड्युटी प¥यो भने त लाइफ ड्यामेज हुन्छ भनेर हुन लागेको बिहे पनि भड्काइदिएको थिएँ । भड्काइदिएको भन्दा पनि मेरो त्यो कुरालाई उसले विश्वास गरेको हुनाले उसले बिहे गरेन । आज त्यो स्टाफको छोरी अष्ट्रेलिया गएकी छे भनेर उसले नसुनाएको मात्रै होइन । म पनि पाँच वर्ष अध्ययन बिदा मिलाएर जान सक्थे“ भन्दै पछुतो मानेको पनि सुनेकै थिएँ ।

समयका छालहरु उठ्दै, बिलाउँदै गएका थिए । एक वर्षपछिको कुरा हो । उसले फेरि प्रेममा परेको कुरा सुनायो । गाउँकै मगरकी छोरीसँग चक्कर चल्न पुगेछ । कर्मचारी समायोजनमा उनले स्थानीय तह रोजेर एक तह बढुवा सहित आफ्नै वडाको सचिव हुन पुगेछन् ।
कामको सिलसिलामा भएको चिनजान प्रेमसम्म पुगेको उसले सुनाउँदै गर्दा मैले जात नमिल्ने प्रेमलाई विवाहमा परिणत गर्न घरमा स्वीकार गर्छन् त भनेको थिएँ । उसको दाजुले पनि राई बिहे गर्दा अझै पनि घरमा राम्रोसँग स्वीकार नगरेको, अझै पनि चाडपर्वमा अजात भनेर छोइछिटो हुने गरेको भनेर उसैले सुनाएको थियो । आज ऊ फेरि मगरसँग प्रेम सम्बन्धमा छु भनेर निर्धक भन्छ । उसको दाजुले राई भगाउँदा उसले बाबुआमाको अघि दाइले त यस्तो काम ग¥यो, मचाहि“ जातकै केटीसँग बिहे गर्छु भनेर कसम खाएको त्यो पनि भुलेछ । म यस्तै सोच्दै ऊसँग च्याटमा गफ गर्दै गएँ । मैले सोधे“, “यो कुरा घरमा अनि भाइहरुलाई थाहा छ ?”

उसले कसैलाई पनि थाहा छैन भन्यो ।

“उसो भए म भाइलाई भन्दिऊँ त ?” मैले यति भनेको मात्र के थिएँ, ऊ डरायो ।

त्यसपछिका दिनहरुमा हाम्रो खासै कुरा भएन । करिब छ महिनापछि होला, उसले च्याटमा अफलाइन मेसेज छोडेको रहेछ । त्यहाँ लेखिएको थियो, “सर अब सुट सिलाउँदै गर्नोस् है । मेरो बिहेमा सुट अनिवार्य छ । कम्तीमा पाँच दिनको बिदा पनि अग्रिम स्वीकृत गराए हुन्छ । यही मङ्सिरमा मेरो बिहे हुँदै छ ।”

मेरो मन रोमाञ्चित हुन पुग्यो । केटोले घरमा कन्भिन्स गराएरै छोडेछ । केटोले मगरसँग जाडो मनाउने भयो । हामीले धनकुटामा हुँदा गरेको सहमति पनि सम्झियो अर्को मनले । एकअर्काको बिहेमा कोट लगाएर आउने अनि राति खूब नाच्ने भनेका थियौ“ । अरु त सबै ठिकै थियो । कुन गीतमा कसरी नाच्ने हो ? कि नाच्नको लागि अनामनगरको डान्स फिभरमा जोइन गरौ“ ? बिहेमा नाच्ने भनेको त रमाइलो गर्नको लागि हो । यसको लागि ट्रेनिङ नै गर्नुपर्दैन नि । तामाङको घरमा दुई डबका छ्याङ हानेपछि जाडोमा पसिना निस्किने गरी धुलो उडाउँदै नाचिहालिन्छ । यस्तै सोचे“ ।

काजको लागि दोलखा जानुपर्ने भयो । म दोलखा जानका लागि हि“ड्न मात्रै के लागेको थिएँ, रुट सम्बन्धी जानकारी लिन गुगल सर्च गर्दैगर्दा फेसबुक पनि खुल्यो । फेसबुकमा उसको भाइले स्वर्गमा बास होस् हजुरबा भन्दै उसलाई ट्याग गरेर फोटो हालेको देखियो । कमेन्टमा सबैले रिप, रिप लेखेको देखे“ । मैले पनि स्वर्गमा बास होस् हजुरबाको अनि शोकसन्तप्त परिवारमा धैर्यधारण गर्ने शक्ति मिलोस् भनेर लेखे“ ।
मैले हतारहतार उसलाई फोन गरे“ । उसको फोन रिसिभ भएन । फेरि मेसेन्जरमा सर खबर सुनेर साह्रै दुःख लाग्यो भनेर लेखे“ । यति लेखेर म दोलखा लागे“ । दोलखा पुगेपछि पनि उसकै कुरा मनमा खेलिरह्यो । मङ्सिरमा बिहे भन्थ्यो, असोजमा हजुरबा बिते । अब एक वर्ष बिहे पोष्टपोण्ड हुने भयो । मैले सिउनुपर्ने कोट अनि लिनुपर्ने बिदा पनि एक वर्षलाई पछि स¥यो । म यस्तै सोचेर मन्दिर जान लागेको थिएँ । जान मन लागेन । साथीको हजुरबाको मृत्यु भएको बेला म कसरी मन्दिर जान सक्छु ? त्यो पनि के माग्न जानु ? दोलखाको डाँडाबाट हेरेरै मन्दिर नगई फर्किएँ ।

००००

अलि दिनपछि उसको भाइले फेरि एउटा फोटो हाल्यो । यो करिब चार महिनापछिको कुरा होला । फोटोमा सुमन अस्पतालको बेडमा सुतिरहेको थियो । नीलो एप्रोनजस्तो कपडा बेरेको थियो । फोटोको क्याप्सनमा लेखिएको थियो, “गेट वेल सुन ब्रदर, अपरेशन सफल भयो थ्याङ्क गड ।”

मैले फोन गरे“ । उसको मोबाइल अफ थियो । मैले म्यासेज लेखे“, “सर के भएको थियो ? केको अपरेशन हो ? साह्रै दुःख लाग्यो । सर, टेक केयर है ।”

करिब सात दिनपछि उसको मेसेज आयो, “सर मलाई पथरिया भएको रहेछ । अपरेशन गरेर निकाल्यो । अब ठीक हुन्छ । सर, म ठीक भएपछि फोन गर्छु है । धेरै भयो फोनमा कुरा हुन नपाएको पनि ।”

उसले त्यसो भनेपछि मैले फोन गर्ने र बीचमा बोल्ने कुरा पनि भएन । दिनहरु बित्दै थिए । त्यस्तै पन्ध्र दिनपछि उसको फोन आयो । मैले उसलाई सबै कुरा सोधे“ । हामीलाई कुरा कहाँदेखि कहाँ लगेर अन्त्य गर्नुजस्तो भएको थियो । ऊ अझै पूरै निको नभएकोले पछि कुरा गर्ने भनेर फोन संवाद टुङ्गो लगाइयो ।

उसको हजुरबा खसेको करिब आठ महिनापछि होला । अनि, ऊ बिरामी भएको करिब दुई महिनापछि होला, मेरो इन्बक्समा लामो म्यासेज देखा प¥यो । त्यहाँ लेखिएको थियो, “सर परिवारभन्दा माथि कोही हुँदोरहेनछ । हाम्रो जिन्दगीमा यस्तायस्ता मोडहरु आउँदारहेछन् । जहाँ परिवारको साथबिना त्यस्ता मोडहरु पार गर्न सकिँदो रहेनछ । सर, म आज एउटा दुःखको कुरा भन्छु है । सर, मैले धोका दिएँ नभन्नोस् है । मैले बाचा पूरा गर्न सकिनँ । मेरो बिहेमा कोट लगाएर आउनुपर्छ अनि रातभरि नाच्नुपर्छ भनेको यो जुनीमा सम्भव भएन । अब अर्को जुनीमा पनि फेरि हामी साथीको रुपमा रहेछौ“ भने मेरो बिहेमा म पक्का यो बाचा पूरा गर्नेछु । सर, मैले बाचा पूरा नगरे पनि तपाईंले चाहि“ गर्नोस् है । हामी तपाईंको बिहेमा बूढाबूढी नै आउनेछौ“ । म सुटमा अनि बूढी सारीमा । त्यो पनि तामाङको भेषमा सजिएर आउने मात्रै होइन, रातभरि नाच्नेछौ“ । यो चाहि“ म पूरा गर्नेछु ।”

“सर हजुरबाको बर्खान्त पूरा हँुदानहुँदै, मेरो चिरेको पेट ठीक हुँदानहुँदै, हुर्किंदै गरेको प्रेमको हत्या गरेर मैले बिहे गर्दै छु, त्यो पनि परिवारले खोजेको केटीसँग ।”

उसले यति भनेर मेसेन्जरमा टिकटकको लिङ्कसहितको भिडियो पनि हालेको रहेछ । मैले टिकटक खोलेर त्यो भिडियो हेरे“ । भिडियोमा उसको बिहे सामान्य प्रक्रिया पु¥याएर भएको झल्किने एक मिनेटमा अट्ने गरी फोटोहरु मिलाएर राखिएको रहेछ । मैले फेरि पनि क्लिक गर्दै सो भिडियो हेरे“ । को केटीसँग उसको बिहे भएको रहेछ भनेर उसको फेसबुक चेक गरे“ । उसको प्रोफाइलमा भाइले ट्याग गरेको त्यही लाइफ लाइन अस्पताल दमकको बिरामी एप्रोनको फोटोबाहेक अरु कुनै गतिविधिहरु देखिएनन् ।

मैले उसको भाइको ट्याग आइडी पनि चेक गरे“ । भाइको प्रोफाइल पिक्चर रङ्गीन देखियो । एक सुन्दर जोडी प्रोफाइलमा झुल्किए । म तलतल चेक गर्दै गएँ । त्यहाँ म्यारिड विथ कामना प्रसाईं देखियो । मैले कामना प्रसाईंको पनि प्रोफाइल भिजिट गरे“ । त्यहाँ उनको पनि म्यारिड विथ अभिमान तामाङ देखियो । म कामनाको प्रोफाइलको तलतल हेर्दै जान थाले“ । जहाँ उनीहरुले बिहे गरेकोदेखि कलेजमा साथी भएकासम्मको मलाई अनुमान गर्न गाह्रो परेन । म फेरि ब्याक भएर अभिमानको प्रोफाइलमा आइपुगे“ ।

उसले पनि दाजुले जस्तै जात नमिल्ने केटीसँग बिहे गरेछ । झिल्के थियो, झापातिरको प्रसाईंको छोरी उडाएछ । यही सोच्दै उसका अन्य गतिविधि हेर्न थाले“ । यत्तिकैमा ढोकामा पुनः नकनक आवाज आयो ।

“भाइ, अफिस जाने बेला भएन ?” म छक्क परे“ । आज घरबेटीलाई के भयो ? उसको बोलीमा मलाई भाइ भन्ने मिठास कसरी आयो ? सोच्दै नसोचेको सन्दर्भले कुनै बेला झस्काउँछ भनेको यही रहेछ ।

मैले हुन लाग्यो भन्दै घडी हेरे“ । ढिला भइसकेको रहेछ । हतारहतार कपडा फेरेर म अफिसतिर लागे“ ।

दिउँसो अलिक फुर्सद भएको बेलामा अफिसको ल्याण्डलाइनबाट उसलाई मैले फोन गरे“ । उताबाट लेडिज भ्वाइस आयो । मैले सोधे“, “सर हुनुहुन्न ?”

उताबाट जवाफ आयो, “बाथरुम जानुभएको छ ।”

मैले केही थाहा नपाए जसरी सोधे“, “हजुर चाहि“ को बोल्नुभएको ?”

उताबाट लेडिज भ्वाइसले जवाफ दिइन्, “म हजुरको भाउजू ।”

म छक्क परे“ । यस्तो अनपेक्षित जवाफ सुनेर हैन, तिनलाई कसरी थाहा भयो भनेर । सरले मेरो बारेमा सबै भनिसकेछन् । मैले फेरि सोधे“, “भाउजू चाहि“ कसरी ?” कुन भाउजू भनेर भन्न मन लागे पनि बिरामी साथीलाई बिच्क्याउन मन लागेन ।
उताबाट फेरि सुरिलो स्वरमा खिरिलो जवाफ आयो, “साथीको बूढीलाई साथीले भाउजू भन्नुपर्छ हो र !”
अनि सरलाई कस्तो छ त फेरि सोधे“ ।

पहिलाको भन्दा धेरै रिकभर हुँदैछ । उताबाट उसैगरी जवाफ आयो ।
यदि सरले नै फोन उठाएका भए सर कार्यक्रम गर्न सक्नुहुन्छ त भनेर सोध्थे तर भाउजूसँग ऋषि धमला जसरी गती छाडेर किन कार्यक्रम नै गर्न नसकी नसकी बिहे गर्नु भएको ? तपाईंहरुको सुहागरात त छामछाम छुमछुममै बित्यो होला है ? तर मलाई उस्तो गति छाडेर कुरा गर्न मन लागेन ।

०००००

कोठा आएर पनि यही सोचे“ । सरले किन यति हतारमा बिहे गरे ? परिवारले कस्तो दबाव दिए, मानवता पनि बाँकी नराखी ? बर्खान्त नसक्दै अनि बिरामीको टाँचा नसुक्दै किन बिहे गर्न हतार गरे होलान् ? फेरि सोचे“, दाजुले पनि जात नमिल्ने राई अनि भाइले प्रसाईं ल्याएपछि माइला छोराको चाहि“ बिरामी भएकै बेला मौका छोपेछन् । त्यो पनि माइलो अलिक सोझो थियो । यसैलाई ट्रयापमा पारेछन् । यही सोचे“ । यो त मेरो कल्पना मात्रै हुन सक्छ, वास्तविकता अर्कै पनि हुन सक्छ । फेरि मेसेज गरे“ । तर पहिलेजस्तो सबै लेख्न डर लाग्यो । मेसेज उसले मात्रै हेर्दैन । फेरि मेरो प्रश्नले शङ्का जन्माउँदा भन्नेमा सचेत हुँदै यति मात्रै लेखे“, “सर हनिमुन मनाउन सक्ने भएपछि अन्त जाने होइन, काठमाडौं नै आउनुपर्छ है । धेरैपछि धेरै गफ गर्नु छ ।”

मेरो मेसेज सिन भयो तर रिप्लाइ भएन, तीन दिन भइसक्यो । मेरो मनमा पनि यही अनुत्तरित प्रश्न थियो, सुमन सरले किन यस्तो गरे ? यो सबै घटनासन्दर्भ फिल्मको कहानी जसरी कसरी घट्यो ? फेरि अर्को मनले प्रश्न ग¥यो, उसको जे भयो, भयो । अब तैंले उसको चुनौती स्वीकार गर्न सक्नुपर्छ ।

मैले चुनौती स्वीकार गर्नुपर्ने छ । उसको जस्तो सुटुक्क बिहे गर्ने होइन । पूरै बाजा बजाएर भित्राउने । अनि, उसलाई सुटबुटसहित नाच्ने अवसर प्रदान गर्ने । के म चुनौती स्वीकार गर्न सफल हुँला त ? मनको अन्तरकुन्तरमा यिनै भावहरु मडारिन थाले ।

मेरो छातीको देब्रे गोजीमा चुनौती शब्दले बेस्सरी घोच्यो । सरको तरलीकृत प्रेमले जे होस् एउटा निकाश पाइसकेको थियो । अनेकौ“ व्यक्तिका अनेकौ“ भावनाका झरीमा रmझ्दै उनको प्रेमले एउटा विन्दुमा पुगेर बिहेको स्वरुप धारण गरिसकेको थियो । अव्यवस्थित दैनन्दिनीलाई व्यवस्थित बनाउनका लागि ममाथि आइपरेको चुनौतीले मलाई अपलक गिज्याइरहेको भान भयो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.