Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

कांग्रेस तारकेश्वरका सभापतिमा महर्जन, बूढानीलकण्ठमा बुढाथोकी

0 76

१७ असाेज, काठमाडौँ । नेपाली कांग्रेस तारकेश्वर नगरपालिकाको सभापतिमा कृष्णहरि महर्जन निर्वाचित हुनुभएको छ । सो पार्टीको १४औँ महाधिवेशन अन्तर्गत शनिबार सम्पन्न नगर अधिवेशनबाट उहाँले १३५ मत ल्याई विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी श्रीराम थापाले ११४ मत प्राप्त गर्नुभयो ।

यस्तै उपसभापतिद्वयमा नवराज अर्याल (१२५) र जमुना तिमिल्सिना (१२३), सचिवद्वयमा राजु फुँयाल (१२६) र शङ्कर तिमिल्सिना (११७),सहसचिवद्वयमा सरस्वती पौडेल (११७) र अप्सरा खड्का (११४)मत प्राप्त गरी विजय हुनुभएको छ ।

यसैगरी कांग्रेस बूढानीलकण्ठ नगरपालिकाको सभापतिमा राजाराम बुढाथोकी निर्वाचित हुनुभएको छ । उहाँले १५५ मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटम प्रतिद्वन्द्वी राजन बुढाथोकीले ६८ मत हासिल गर्नुभएको थियो ।

यस्तै उपसभापतिद्वयमा सानुकान्छा श्रेष्ठ (१८१) र शम्भु कार्की (१७०), सचिवद्वयमा विजेन्द्र श्रेष्ठ (२०६), विजेन्द्र पुडासैनी (१७१),सहसचिवद्वयमा कुमार खड्का (१४५) र निर्मला आचार्य (पौडेल) १२८ मतल्याई विजय हुनुभएको निर्वाचन समितिले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.