Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

नागरिक लगानी कोषको नवनिर्मित भवन हस्तान्तरण

0 87

१७ आश्विन, काठमाडौं । नागरिक लगानी कोषको नवनिर्मित भवन नेपाल सरकार, शहरी विकास तथा भवन निर्माण विभागले हस्तान्तरण गरेको छ । शुक्रबार उक्त नवनिर्मित भवन हस्तान्तरण गरिएको हो ।

कोषको २९ औ वार्षिकोत्सवको अवसरमा २०७५ चैत ४ गते अन्तर्राष्ट्रिय सभा केन्द्रको पूर्व पट्टी रहेको कोषको ६ रोपनी जमिनमा सो भवनको तत्कालिन अर्थमन्त्री डा.युवराज खतिवडाले शिलन्यास गरेका थिए ।

लगानी कोष र शहरी विकास तथा भवन निर्माण विभाग विच भएको सम्झौता अनुसार कोषको करिव ९० करोड रुपैया लगानीमा शहरी विकास तथा भवन निर्माण बिभागले बोलपत्र प्रक्रियाबाट शर्मा रोशन जे.भी लाई निर्माण गर्न ठेक्का दिएको थियो ।

शर्मा रोशन कम्पनीका प्रवन्ध निर्देशक रमेश शर्माले भवन विभागका महनिर्देशक नवराज प्याकुरेललाई र महानिर्देशक प्याकुरेलले कोषका कार्यकारी निर्देशक रमण नेपाललाई नवनिर्मित भवन हस्तान्तरण गरे ।

उक्त भवनको निर्माण पश्चातको हस्तान्तरण कार्यक्रम कोषका कार्यकारी निर्देशक नेपालले कोभिड–१९ को संक्रमण कालिन अवस्थामा पनि भवन निर्माणको कार्य चुस्त र द्रुत गतिमा निर्माण गरी नवनिर्मित भवन हस्तान्तरण गरेकोमा विभाग र निर्माण कम्पनीलाई धन्यबाद प्रदान गरे । उनले नव निर्मित भवनबाट सेवाग्राहीले थप सुविधा पाउने धारणा राखे ।

भवन विभागका महानिर्देशक प्याकुरेलले कोभिडको संक्रमणकालिन अवस्थामा पनि सरकारी स्तरबाट तोकिएकै समयमा आधुनिक भवन निर्माण गरी हस्तान्तरण गर्न पाएकोमा खुसी ब्यक्त गरे ।

सो अवसरमा कोषका नायव कार्यकारी निर्देशक डा. इन्द्रकुमार कट्टेल, निर्देशक गोपाल घिमिरे, बिभागिय प्रमुखद्धय शोभा श्रेष्ठ सुवेदी र हेमन्त पोखरेल एवं बिभागका तर्फबाट उप–महानिर्देशक सुरेन्द्र मोहन श्रेष्ठ, मचाकाजी श्रेष्ठ एवं निर्माण कम्पनीका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.