Advertisement

८९८ जना सङ्क्रमित, ९३८ जना कोरोनामुक्त, १३ को मृत्यु

0 639

Advertisement

१५ असाेज, काठमाडाैँ । पछिल्लो २४ घण्टामा ८९८ जना काेराेना भाइरसका सङ्क्रमित थपिएका छन् । दश हजार ११३ वटा आरटीपीसीआर परीक्षण गरिएकोमा ८९८ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

यस्तै, तीन हजार २५५ वटा एन्टीजेन परीक्षण गर्दा १६८ जनाको कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९६.३२ प्रतिशत रहेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा ९३८ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी, पछिल्लो २४ घण्टामा १३ जना सङ्क्रमितको मृत्यु भएको छ ।

हालसम्म ११ हजार १४८ जना सङ्क्रमितले ज्यान गुमाएका छन् । सक्रिय सङ्क्रमित हुने १८ हजार ११५ जना छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.