Advertisement

नवीनको प्ररिवारलाई आर्थिक सहयोग

0 472

Advertisement

१५ असोज, काठमाडौं । राष्ट्रिय खेलाडी कल्याणकारी कोषले पूर्व फुटबल खेलाडी एवं आर्मीका प्रशिक्षक नवीन न्यौपानेलाई शुक्रबार आर्थिक सहयोग प्रदान गरेको छ ।


न्यौपानेको परिवारको स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग प्रदान गरिएको हो । न्यौपानेका बुवा÷आमा दुवै क्यान्सर रोगबाट पीडित छन् ।
कोषका सदस्य–सचिव समेत रहेका नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले न्यौपानेलाई ७५ हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरे ।


कोषले समस्यामा परेका खेलाडी तथा उनका परिवारलाई कोषमा सन्चित रकमको ब्याचबाट आर्थिक सहयोग उपलब्ध गराउदै आएको छ । २०६५ सालमा कोष स्थापना भएपनि २०६८ मा कार्यविधि बनेपछि मात्र कोषमा १ करोड जम्मा गरिएको थियो । हाल कोषमा १ करोड ४० लाख रुपैयाँ रहेको र त्यसैको ब्याजबाट आर्थिक सहयोग उपलब्ध गराउदै आएको श्रेष्ठले जानकारी गराए ।


विनाशकारी भूकम्प गएको वर्ष २०७२ मा कोषले सबै भन्दा बढी २७ लाख आर्थिक सहयोग वितरण गरेको थियो । त्यसबेला भूकम्पका कारण ज्यान गुमाएका र घर पूर्ण रुपमा क्षति भएका सम्बन्धितलाई आर्थिक सहयोग वितरण गरिएको थियो ।

बागमती स्तरिय रग्वी भोलि


बागमती प्रदेश जिल्ला स्तरिय पुरुष तथा महिला सेभेन ए साईड बागमती सेभेन्स रग्वी प्रतियोगिता शनिबार हुने भएको छ ।
नेपाल रग्वी संघको आयोजना तथा बागमती प्रदेश खेलकुद विकास परिषद्को सहकार्यमा एक दिने प्रतियोगिता हुन लागेको हो ।
महिला तथा पुरुष १० टोली सहभागी प्रतियोगिता भक्तपुरको मध्यपुर युथ फुटबल क्लबको मैदानमा हुनेछ । पुरुष तर्फ ७ टोली र महिला तर्फ ३ टोली सहभागी छन् ।


पुरुष तर्फ काठमाडौं, नुवाकोट, काभ्रे, चितवन, मकवानपुर, रामेछाप र भक्तपुर रहेका  छन् । यस्तै महिला तर्फ मकवानपुर, काठमाडौं र नुवाकोट जिल्ला रहेका छन् । खेल सिंगल राउण्ड रोबिनको आधारमा हुनेछ ।


पुरुष तर्फको विजेताले १५ हजार पाउँदा उपविजेताले १० हजार पाउनेछ । यस्तै महिला तर्फको विजेताले १० हजार प्राप्त गर्दा उपविजेताले ५ हजार पाउने आयोजक बागमती रग्बी सेभेन्सले बताएको छ । उत्कृट पुरुष तथा महिला खेलाडीले ५ हजार पाउनेछन् ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.