Advertisement

दूध र कुखुराबाट मासिक पाँच लाख आम्दानी

0 569

Advertisement

१५ असाेज, गलेश्वर । प्रायः नेपाली युवा रोजगारीका लागि विदेश जान मरिहत्ते गर्छन् । उनीहरुको पहिलो रोजाइ बैदेशिक रोजगारी नै हुने गर्दछ । म्याग्दीको बेनी नगरपालिका–७ कुरिलाखर्कका युवा सुरेश ढुङ्गानाले आफ्नै पौरखले गाई, भैँसीको गोठ र कुखुराको खोर बनाउनुभएको छ । दशवर्ष अरबको खाडीमा पसिना बगाएका ३७ वर्षीय उहाँले पेशा परिश्रम र पैसालाई जीवनसँग जोडेर सम्पन्नता र प्रशन्नताको महक प्राप्त गर्ने ज्ञान अरबको खाडीबाट प्राप्त गर्नुभयो । मैले खाडीमा जीवनको महत्व र स्वदेशको सम्भावनालाई बुझेँ उहाँले भन्नुभयो ।

स्वदेशमै सम्भावना देखेर गाउँ फर्किएका उहाँलाई गाउँ आएपछि साथीले अमेरिका आग्रह समेत गरे । उहाँले अमेरिका जाने होइन गाउँमै अमेरिकामा भन्दा बढी कमाउने र गाउँमै रमाउने योजना सुनाउनुभयो ।

साथीहरुले उहाँका विचारलाई उडाए । बुद्धि नभएको भने उहाँ आफ्नो निर्णयमा अडिग रहनुभयो । अनि सुरु गर्नुभयो भैँसीपालन व्यवसाय । यो आठ वर्ष पहिलेको कुरा हो । यसबीचमा उहाँको जीवनमा पनि धेरै आरोहअवरोह आए । अनेकौँ घुम्ती र मोड आए र गए । उहाँले आठ वर्ष अगाडि ‘ढुङ्गाना कृषि तथा पशुपक्षी फार्म’ स्थापना गरेर व्यवसाय सुरुआत गर्नुभयो । त्यही फार्ममा अहिले २२ मुर्रा जातका भैँसी र दुई जर्सी गाई दुहुना छन् ।

उहाँ अहिले दैनिक १५० लिटर दूध सदरमुकाम बेनीबजारमा बिक्री गर्नुहुन्छ । दुई भैँसीबाट सुरु गरेको व्यवसायबाट अहिले उहाँले मासिक रु पाँच लाख आम्दानी गर्नुभएको छ । सबै खर्च कटाएर मासिक करिब दुई लाखको हाराहारीमा बचत हुने उहाँको भनाइ छ । फार्ममा अहिले रु ५० लाख जति लगानी भइसकेको उहाँले बताउनुभयो । भैँसीलाई चाहिने घाँसका लागि सार्वजनिक पाखो भाडामा लिनुभएको छ ।

“बिहान उठेदेखि राति नसुतुञ्जेलसम्म भैँसी गोठ र कुखुराको खोरमा नै व्यस्त हुन्छु । समय गएको पत्तै हुँदैन । साँझपख बजारमा दूध पु¥याएउन जान्छु । सदरमुकाम बेनीबजारको न्यूरोडमा रहेको धवलागिरि डेरी उद्योगमा दैनिक १५० लिटर दूध पु¥याएपछि बल्ल शरीरमा फूर्ति आउँछ उहाँले भन्नुभयो । प्रतिलिटर रु ९० मा दूध बिक्री हुने गरेको उहाँले बताउनुभयो । व्यवसायी ढुङ्गानाले साँझ र बिहान गरी दिनमा दुईपटक मोटरसाइकलबाट बेनीमा दूध पुगयाउनुहुन्छ । “बजारको अभाव छैन, जति पनि बिक्री हुन्छ तर गुणस्तरलाई खस्कन दिनुहुँदैन ढुङ्गानाले भन्नुभयो ।

पशुपालन व्यवसायमा परिश्रम गर्नसके विदेशमाभन्दा राम्रो कमाइ गर्न सकिने अनुभव उहाँले सुनाउनुभयो । उहाँले पाँच रोपनी जग्गामा फार्म बनाउनुभएको छ भने फार्ममा दुई जनालाई रोजगारीसमेत दिनुभएको छ । भैँसीको स्याहार सुसारदेखि दूध दुहुने काममा आफैँ खटिने ढुङ्गानले विदेशमा गएर अरुको अधिनमा रही दुःख गर्नुभन्दा आफ्नै गाउँमा समयानुकूल व्यवसाय गर्ने हो भने मनग्ये कमाइ गर्न सकिने बताउनुहुन्छ ।

उहाँको सफलताको कथा यत्तिकैमा सकिदैन । भैँसीपालनसँगै उहाँले कुखुरापालन पनि सुरु गर्नुभएको छ । अहिले उहाँका फार्ममा दुई हजार ३०० ब्रोइलर कुखुरा बिक्रीका लागि तयारी अवस्थामा छन् । दूध र कुखुरा दुवैबाट हुने आम्दानी जोड्ने हो भने उहाँको मासिक रु आठ लाख पुग्ने जनाइएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.