Advertisement

पर्यटन व्यवसायी सङ्गठन नेपालको अध्यक्षमा थापा

0 755

Advertisement

१५ असाेज, काठमाडौँ । पर्यटन व्यवसायी सङ्गठन नेपालको अध्यक्षमा अञ्जन थापा (कुमार) चयन हुनुभएको छ । सङ्गठनको बिहीबार साँझ सम्पन्न प्रथम भेलाले थापाको अध्यक्षतामा ७५ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का नेता मुकुन्द न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले उपाध्यक्षमा वीरेन्द्र अधिकारी, दामोदर ढकाल, गणेश रिमाल, अर्जुनलाल प्रधान, हरिभक्त श्रेष्ठ, धनबहादुर गुरुङ, तेञ्जिङ शेर्पा र रामकृष्ण तिमल्सिना चयन हुनुभएको छ । महासचिवमा बद्रीप्रसाद तिमल्सिना चयन हुनुभएको छ ।

यस्तै, उपमहासचिवमा नवराज गौली र केशव धिताल, सचिवमा सुमन न्यौपाने, प्रदीप पण्डित, विष्णु बराकोटी, अच्युत गुरुङ, तिलक लोहनी र उत्तम कार्की चयन हुनुभएको छ । कोषाध्यक्षमा नवराज थापा र सहकोषाध्यक्षमा सुनिल सिलवाल निर्वाचित हुनुभएको हो । नेकपा (एकीकृत समाजवादी) निकट पर्यटन व्यवसायीको छाता सङ्गठनका रुपमा रहेको सो सङ्गठनको भेलाले ५५ सदस्यसमेत चयन गरेको छ ।

कार्यक्रममा नेता न्यौपानेले कोरोना महामारीका कारण तहसनहस भएको पर्यटनलाई पुनःउत्थान गर्नका लागि नयाँ गठन भएको सङ्गठनले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । पर्यटन क्षेत्रको विकासले देशको विकासमा टेवा पु¥याउने उहाँको भनाइ थियो । नवनियुक्त अध्यक्ष थापाले पर्यटन क्षेत्रलाई पुनःउत्थान गर्नका लागि व्यवसायी सङ्गसङ्गै सरकारको पनि महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.