Advertisement

दशैंका लागि दैनिक १५ वटा उडान थप, आठसय यात्रुलाई सहज

0 214

Advertisement

१५ असाेज, काठमाडौं । नजिकिएको दशैं र तिहारमा यात्रुको चाप हुने भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले दैनिक १५ वटा उडान थप गरेको छ । विमानस्थलले अक्टोबर महिनाका लागि पाँच वटा साना जहाज र १० वटा ठूला जहाज गरी दैनिक १५ वटा उडान थप गरेकोका विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले जानकारी दिनुभयो ।

पहाडी क्षेत्रमा उडान गर्ने तारा, समिट, नेपाल एयरलाइन्स र सीता एयरले  दैनिक पाँचवटा थप गरेको छ भने सुविधा सम्पन्न क्षेत्रमा उडान भर्ने एटिआर७२ स्तरका ठूला जहाजका लागि दैनिक १० उडान थप गरेको शेर्पाले जानकारी दिनुभयो । हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले दैनिक ११५ उडान गर्दै आएको थियो ।

अक्टोबर महिनादेखि दैनिक १३० वटा अराइवल र १३० वटा डिपार्चर गरी दैनिक २६० वटा उडान हुने भएको प्रवक्ता शेर्पाले जानकारी दिनुभयो । सुगम क्षेत्रमा पछिल्लो समय ठूला जहाजहरु ७२ जना यात्रु बोक्न सक्ने क्षमताको एटिआर ७२, ६० जना यात्रु बोक्न सक्ने सिआरजे ८० जना यात्रु बोक्न सक्ने ड्यास मोडलका जहाजहरुले सेवा विस्तार गरेसँगै उडानको सङ्ख्यामा कमी आएको छ ।

विमानस्थलले दैनिक थप गरेको १५ उडानले दैनिक ८०० जनाभन्दा बढी यात्रु आवतजावत गर्न सक्ने विमानस्थलले जनाएको छ । यात्रको चाप भएमा पछिल्लो समय उडान थप गर्न व्यवसायीहरुसँग छलफल भएको शेर्पाले बताउनुभयो । हाल नेपालमा बुद्ध, यति,श्री, सौर्य, तारा, समिट, गोमा, सीता र नेपाल एअरलाइन्सले नेपालका ३५ वटा विमानस्थलमा सेवा दिंदै आएका छन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.