Advertisement

पक्राउ परेका युट्युबरको पक्षमा उभियो पत्रकार महासंघ, संवैधानिक अधिकारको सम्मान गर्न माग

0 509

Advertisement

१४ असोज, काठमाडौं । प्रहरीको साइवर व्युरोले विद्युतीय कारोबार ऐन अन्तर्गत पक्राउ गरेका चारजना युट्युवरको पक्षमा पत्रकार महासंघ उभिएको छ । महासंघले समाचारमा चित्त नबुझे प्रेस काउन्सिलमा जाने बाटो हुँदा हुँदै प्रहरीले पक्राउ गरेको भन्दै आपत्ति जनाएको छ ।

महासंघका महासचिव रोशन पुरीले विज्ञप्ति जारी गरी उनीहरु नेपाल पत्रकार महासंघका सदस्य रहेको र पत्रकारको संवैधानिक अधिकारको सम्मान गर्न ध्यानाकर्षण गराएका छन् ।

प्रहरीले विभिन्न महिलाको चरित्रहत्या गर्ने युट्युब सामग्री प्रसारण गरेको भन्दै युट्युबरहरु प्रदीप भण्डारी,रोधन तामाङ,शिशिर अधिकारी र पिंकला कार्कीलाई बुधबार पक्राउ गरेको थियो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.