Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

नेप्से कारोबार ३ अर्बमा खुम्चियो :नेप्से परिसूचक ३२.५१ अंकले ओरालो लागेर २६३३.४२ बिन्दुमा

0 111

१४ असोज, काठमाडौं । बिहीबारको सेयर बजारमा तीव्र उतारचढाव देखिएको छ । दिनभरको बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक ३२.५१ अंकले ओरालो लागेर २६३३.४२ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा १.२२ प्रतिशतले घटी हो ।

कारोबार खुल्ना साथ परिसूचक उकालो लागेको थियो । र, नियमित बजार खुलेको ९ मिनेटमै उकालो लागेर २६८७ बिन्दुसम्म पुगेको परिसूचक थियो । तर त्यसपछिको कारोबारमा भने परिसूचकले उक्त उचाईमा पुग्न सकेन र अन्त्यमा घटेर २६३३.४२ बिन्दुमा अडिएको हो ।

परिसूचकसँगै बिहीबारको कारोबार रकम ३ अर्बमा खुम्चिएको छ । दिनभरी भएको कारोबारमा २२५ वटा स्क्रिप्टको जम्मा ३ अर्ब ७० करोड रुपैयाँ बराबरको मात्रै सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा एक अर्ब ३२ करोड रुपैयाँले घटी हो भने धेरै पछिको न्यून कारोबार हो । बजारमा ७३ लाख २१ हजार १४ कित्ता सेयर खरिद बिक्री भएको थियो ।

कारोबारमा आएका कम्पनीमध्ये सबैभन्दा बढी नेपाल बैंकको सेयर कारोबार भएको छ । कम्पनीको एकैदिन १२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । जसको सेयर मूल्य प्रतिकित्ता ४९२ रुपैयाँमा झरेको । जुन अघिल्लो दिनको तुलनामा ९ रुपैयाँले घटी हो । बुधबारको बजारमा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५०१ रुपैयाँ थियो ।

त्यस्तै, अपि पावर र मेगा बैंक बढी बढी कारोबार गर्नेको दोश्रो र तेश्रो स्थानमा रहेका छन् । बिहीबारको बजारमा यी दुबैको १०/१० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

दोहोरो अंकले घटेको बजारमा तीन समूह बाहेक बाँकी समूह राताम्मे देखिएका छन् । म्युचुअल फण्ड ट्रडिङ समूह र अन्य समूह हरिया देखिएका छन् भने बाँकी समूह राताम्मे देखिएका छन् ।

राताम्मे भएको बजारमा पनि तीन कम्पनीको सेयर मूल्यमा भने सर्किट लागेको छ । बिहीबार मात्रै नेपाल फाइनान्स, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था र मैलुङ्ग खोला जलविद्युत कम्पनीको सेयर मूल्य १०/१० प्रतिशतले बढेर सर्किट लागेको छ । जसमध्ये नेपाल फाइनान्सको सेयर मूल्य प्रतिकित्ता ५२८, मनकामना स्मार्टको २११९ र मैलुङ्ग खोलाको सेयर मूल्य प्रतिकित्ता २९५ रुपैयाँ पुगेको छ ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.