Advertisement

मुस्कान खातुनलाई एसिड प्रहार गर्ने किशोर फेरि पक्राउ

0 384

Advertisement

१४ असाेन, पर्सा । पर्साको १५ वर्षीया किशोरी मुस्कान खातुनलाई एसिड प्रहार गरेका किशोर फेरि पक्राउ परेका छन् । प्रहरीले वीरगंज महानगरपालिका-२ छप्कैया बस्ने रौतहट परोहा गाउँपालिका-७ घर भएका १९ वर्षीय समशाद मियाँलाई बुधबार पक्राउ गरेको हो । ज्यान मार्ने उद्योग तथा तेजाब प्रहार गरी अनुहार कुरुप पार्ने सम्बन्धि कसूरमा तत्काल १७ वर्षीय उनलाई पर्सा जिल्ला अदालतको आदेशले पुर्पक्षको लागि बालसुधार गृह पठाएको थियो । कोभिड-१९ को प्रकोपका कारण २०७६ चैत ११ गतेको सोही अदालतकै आदेशले संरक्षकको जिम्मा लगाएको थियो ।

उनलाई पुन सोही अदालतको २०७७ फागुन २६ गतेको फैसलाले बाँकी कैद ५ महिना १६ दिन पुन बालसुधार गृहमा राखी भुक्तान गर्ने गरी १ वर्ष कैद सजाय भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले वीरगंज महानगरपालिका(२ ईदगाहबाट फेला पारी पक्राउ गरेको हो ।

०७६ भदौ २० गते बिहान वीरगंज महानगरपालिका-४ गणेशमान चोकस्थित सार्वजनिक सडकमा १५ वर्षीया मुस्कान खातुनलाई एसिड प्रहार गरेको घटनामा उनी संलग्न रहेका थिए ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.