Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

एमाले संवाद र वार्ताबाट भाग्न खोज्यो : काननुमन्त्री कार्की

0 62

१४ असाेज, काठमाडाैँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संवाद र वार्ताबाट भाग्न खोजेको बताएका छन् । बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा बसेको सर्वदलीय बैठकमा एमाले सहभागी भएन । बैठकपछि मन्त्री कार्कीले एमाले वार्ताबाट भाग्न चाहेको देखिएको बताएका हुन् ।

संसद्‍मा प्रतिनिधित्व गर्ने सबै दलहरुलाई आमन्त्रण गरिएको थियो । सबै दलहरु उपस्थित हुनुभयो । तर, प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओली आज उपस्थित हुनुभएन । उहाँहरुले निरन्तर संसद् अवरोध गरिहनुभएको छ,’ मन्त्री कार्कीले भने, ‘उहाँहरुसँग संवाद र वार्ताका निमित्त योभन्दा अगाडि सभामुखले पनि यस्तै किसिमको सर्वदलीय बैठक बोलाउनुभएको थियो । तर, त्यसबेला पनि उहाँ सहभागी हुनुभएन । यसबाट उहाँहरु संवाद र वार्ताबाट पर भाग्न खोज्नुभएको छ भन्ने देखाउँछ । जुन कुरा मुलुकको आवश्यकताभन्दा भिन्न छ ।’

नेकपा एकीकृत समाजवादीलाई समेत बोलाइएको भन्दै बैठकमा सहभागी नभएको एमालेले जनाएको छ । नेकपा एमालेका १४ जना सांसदहरुलाई पदबाट बर्खास्त गर्नुपर्ने माग गर्दै एमालले गत २३ भदौबाट संघीय संसद्‌का बैठकहरुमा निरन्तर अवरोध पुर्‍याउँदै आएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.