Advertisement

७३ अंकले घट्यो नेप्से परिसूचक, कारोबार रकम ५१२ करोडमा रोकियो

0 818

Advertisement

११ असाेज, काठमाडौं । साताको दोस्रो दिन आइतबार पनि शेयर बजारमा उच्च अंकको गिरावट देखिएको छ । आइतबार ६१ अंकले घटेको शेयर कारोबार मापक नेप्से परिसूचक सोमबार ७३ दशमलव ०५ अंकले घटेर २ हजार ६ सय ८५ दशमलव ४१ अंकमा झरेको छ । नेप्से परिसूचक २ प्रतिशत भन्दा बढीले घटेको हो ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १२ दशमलव ९४ अंकले घटेको छ । कारोबार रकम पनि आइतबारको तुलनामामा सुस्ताएको छ । बजार ठूलो अंकले घटे पछि बिक्री चाप पनि कम देखियो । जसको असर कारोबार रकममा परेको हो ।

सोमबार ५ अर्ब १२ करोड ९ लाख ७३ हजार रुपैयाँको मात्रै कारोबार भएको छ । यसअघि आइतबार साढे ६ अर्बको शेयर किनबेच भएको थियो ।

बजार घटेपनि मनकामना स्मार्ट लघुवित्त र मैलुङ खोला हाइड्रोपावरको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । गुहेश्वरी मर्चेन्ट एण्ड फाइनान्स कम्पनीको पनि शेयर मूल्य बढेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.