Advertisement

स्वास्थ्यचौकीलाई अक्सिजन मेसिन हस्तान्तरण

0 365

Advertisement

११ असाेज, अर्घाखाँची । अर्घाखाँची दिगो विकास केन्द्रले हंसपुर स्वास्थ्यचौकीलाई अक्सिजन मेसिन उपलब्ध गराएको छ । डा जयबहादुर टण्डन र डा मुक्ति श्रेष्ठको पहलमा केन्द्रले स्वास्थ्यचौकलाई उक्त मेसिन प्रदान गरेको हो । मेसिन उपलब्ध भएपछि मालारानी गाउँपालिकाको हंसपुरवासी हर्षित भएका छन् । स्वास्थ्यचौकीमा अक्सिजन मेसिन नहुँदा मालारानी–६, ७ र ८ का बासिन्दा उपचारका लागि अन्यत्र जान बाध्य थिए । मेसिन उपलब्ध भएपछि कोभिड–१९ तथा अन्य स्वासप्रस्वासका रोगीको उपचारमा सहज हुने स्वास्थ्यचौकी व्यवस्थापन समितका अध्यक्ष नारायण अर्यालले बताउनुभयो ।

डा टण्डन र डा श्रेष्ठले सो मेसिन वडाध्यक्ष एवं स्वास्थ्यचौकी व्यवस्थापन समितका अध्यक्ष अर्याल र स्वास्थ्यचौकीका प्रमुख दीपक पौडेललाई हस्तान्तरण गर्नुभयो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.