डूकाटीको ‘डेजर्ड एक्स एड्भेन्चर’ मोटरसाइकल तीन दिनपछि सार्वजनिक हुने
११ असोज, काठमाडौं । इटालीयन मोटरसाइकल उत्पादक कम्पनी डूकाटीले नयाँ एड्भेन्चर मोटरसाइकल डेजर्ड एक्सको तस्विर सार्वजनिक गरेको छ । कम्पनीले सन् २०१९ मा नै यसको कन्सेप्ट बाहिर ल्याएको थियो ।
मिड वेट एड्भेन्चर सेग्मेन्टमा आउने यो मोटरसाइकलमा ९३७ सीसी क्षमताको एल ट्वीन, लिक्वीड कुल्ड, एफआई इन्जिन रहने छ । उक्त इन्जिनले अधिकतम ११० पीएस पावर र ९५ एनएम टर्क प्रदान गर्ने जनाइएको छ ।
डूकाटीले यो मोटरसाइकललाई थप एड्भेन्चर बनाउन अगाडि २१ इन्च र पछाडि १८ इन्चको वायर स्पोक ह्वीलको प्रयोग गरेको छ । यसमा दिइएको टायर पूर्णत अफरोड केन्द्रीत रहेको छ ।
सार्प बडी डिजाइनमा आउने यो मोटरसाइकलमा दुई वटा गोलाकार हेडल्याम्प दिइएको छ । यसले मोटरसाइकललाई रेट्रो लुक्स प्रदान गरेको छ । कम्पनीले तीनपछि सेप्टेम्बर ३० मा यसलाई बजारमा सार्वजनिक गर्ने भएको छ ।