Advertisement

बाग्मतीले बगाएर एक बालकको मृत्यु, एक बेपत्ता

0 319

Advertisement

१० असाेज, रौतहट । रौतहटको बाग्मती नदीमा माछा मार्ने क्रममा नदीले बगाएर एक बालकको ज्यान गएको छ भने अर्का एकजना बेपता भएका छन्। राजदेवी नगरपालिका-९ को ब्रह्मपुरीमा रहेको बाग्मती नदीमा माछा मार्न गएका ४ जना मध्ये एकजनाको मृत्यु भएको हो । माछा मार्न गएका बालकहरु नदीमा नुहाउने क्रममा डुब्न थालेपछि स्थानियले दुई जनाको जिवितै उद्धार गरेका थिए।

नुहाउने क्रममा पानीमा डुबेर १० वर्षीय अवित रामको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । उनीसँगै नुहाउन गएका १० वर्षका चिन्टु पासवान बेपता भएको रौतहटका प्रहरी उपरीक्षक विनोद घिमिरेले बताए ।

मृतक बालकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल गौरमा ल्याइएको छ भने बेपत्ता बालको खोजी कार्य भइरहेको प्रहरी उपरीक्षक घिमिरेले बताए ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.