Advertisement

कांग्रेस नगर अधिवेशन : पाल्पाका नौ स्थानीय तहको निर्वाचन सकियो

0 220

Advertisement

१० असाेज, रामपुर (पाल्पा) । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत पाल्पा जिल्लाका दश स्थानीय तहमध्ये नौ स्थानीय तहको निर्वाचन सकिएको छ ।

जिल्लाका सातवटा पालिकामा सर्वसम्मत रुपमा नेतृत्व चयन गरिएको छ भने दुई पालिकामा निर्वाचन निर्वाचन भएको छ । एक पालिकामा निर्वाचन स्थगित भएको छ ।

रामपुर नगर कार्यसमितिको सभापतिमा पुन: नेत्रप्रसाद भट्टराई निर्वाचित हुनुभएको छ । मतदान प्रक्रियाबाट भएको निर्वाचनमा कुल २१२ मतमध्ये खसेको २०८ मतमा भट्टराईले १२५ मत ल्याई विजयी हुनुभएको हो भने उहाँका प्रतिस्पर्धी अर्जुनप्रसाद रेग्मीले ८२ मत प्राप्त गर्नुभएको छ ।

नगर उपसभापतिमा देवबहादुर थापा मश्राङ्ी र ज्ञानप्रसाद भण्डारी निर्वाचित हुनु भएको छ । मश्राङ्ीले १४५ मत, भण्डारीले १३० मत प्राप्त गर्नुभएको छ । उपसभापति पदका प्रतिस्पर्धी सरस्वती डोटेलले ६९ र हरिप्रसाद न्यौपानेले ५२ मत प्राप्त गर्नुभएको मतदान अधिकृत मुकुन्दराज गौतमले जानकारी दिनुभयो ।

सचिवमा चिरञ्जीवी सिग्देलले १४१ र ओमप्रकाश बस्यालले १२६ मत ल्याई निर्वाचित हुनुभएको छ । प्रतिस्पर्धी विष्णुप्रसाद बस्यालले ८४ र नरनारायण अर्यालले ४० मत प्राप्त गर्नुभएको छ । सहसचिवमा आवास भट्टराई र राजन सुनार चयन हुनुभएको छ । भट्टराईले ९६, सुनारले ९१ मत प्राप्त गरी विजयी बन्नुभएको छ भने प्रतिस्पर्धी देवबहादुर दर्जीले ७५, रहिम मुल्ला मियाँले ३७ र पार्वती परियारले ८४ मत प्राप्त गर्नुभएको छ । नगर कार्य समितिको अन्य सदस्य पदमा भने निर्विरोध चयन भएको छ ।

रिब्दीकोट गाउँपालिकामा मतदान प्रक्रियाबाट निर्वाचन सम्पन्न भएको छ । सभापति पदमा रामचन्द्र पाण्डेले ९७ मतसहित विजयी हुनुभएको छ भने प्रतिस्पर्धी इन्द्र पाण्डेले जम्मा ७ मत प्राप्त गर्नुभएको छ ।

बगनासकाली गाउँपालिकामा ठानेश्वर तिमिल्सेना, निस्दी गाउँपालिकाको पूर्णबहादुर खाँण, पूर्वखोला गाउँपालिकाका विष्णु आचार्य, रम्भामा ऋषिराम अर्याल, माथागढीमा दीपक थापा, तिनाउँमा प्रेम पाण्डे, र रैनादेवी छहरा गाउँपालिकामा विष्णु पोखरेल निर्विरोध सभापति पदमा चुनिनुभएको छ । जिल्ला सदरमुकामको तानसेन नगरपालिकामा भने नगर अधिवेशन स्थगित गरिएको छ ।

तानसेन नगरपालिकामा सर्वसम्मत रुपमा नेतृत्व चयन हुन नसक्दा अधिवेशन अनिश्चित बनेको हो । बुधबारसम्ममा नेतृत्व चयन प्रक्रिया अगाडि बढ्न सक्ने स्रोतको दाबी छ । दुईजना आकाङक्षीले आफ्नो दाबी नछाड्ने भएपछि सर्वसम्मतिको उम्मेदवारको खोजी गरिन लागेको बुझिएको छ । शनिबार भएको अधिवेशन सौहार्दपूर्ण वातावरणमा सबै पालिकामा सम्पन्न भएको छ । कांग्रेसको १४औँ महाधिवेशनमा नयाँ निर्वाचित भएका पदाधिकारीमा युवा पुस्ताको वर्चस्व छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.