Advertisement

टेस्लाका सीईओ तथा अर्बपति इलन मस्क र गायिका ग्रिम्सबीच सम्बन्ध विच्छेद

0 184

Advertisement

१० आश्विन, एजेन्सी । इलेक्ट्रिक कार निर्माता कम्पनी टेस्ला र रकेट कम्पनी स्पेसएक्सका सीईओ तथा अर्बपति इलन मस्क र गायिका ग्रिम्स कथित रूपमा सन् २०१८ देखिसँगै रहेपछि हाल छुट्टिएका छन्। तर यो जोडी “महान शर्त” मा रहेको बताईएको छ।

मस्कले पेज सिक्समा ब्रेकअपको पुष्टि गर्दै भने, “हामी आधा-अलग (semi-separated) छौं तर अझै पनि एक अर्कालाई माया गर्छौं, एक अर्कालाई बारम्बार भेट्नेछौं र राम्रो शर्तमा छौं।”

पेज सिक्स अनुसार उनीहरु आफ्नो १ वर्षीय छोरा एक्स-ए-एक्सआईआई (X-A-Xii) को सह-अभिभावकत्व जारी राख्ने योजनामा छन्, जो मे २०२० मा जन्मेका थिए।

“यो प्रायजसो हो कि स्पेसएक्स र टेस्लामा मेरो कामको लागी मलाई मुख्य रूपमा टेक्सासमा रहनुपर्छ वा विदेश यात्रा गर्नुपर्छ र उनको काम मुख्यरूपमा लस एन्जलसमा छ,” मस्कले पेज सिक्सलाई सम्बन्ध विच्छेदको बारेमा भने।

यो जोडी सँधै चर्चामा रहेको छ, ब्रेकअपको खबरसँगै शुक्रवार ट्विटरमा पनि सो विषय ट्रेन्डिङ्ग भएको थियो। मस्क र ग्रिम्स सन् २०१८मा मेट गालामा सँगै देखिएसँगै उनीहरुको सम्बन्ध सार्वजनिक भएको थियो । एजेन्सीका साथ

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.