Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

सानिमा बैंकको नयाँ शाखा विराटनगरको कञ्चनबारीमा

0 141

०९ असोज, काठमाडौं । सानिमा बैंक लिमिटेडले आफ्नो नयाँ शाखा विस्तार गरेको छ । बैंकले शुक्रबार विराटनगरको कञ्चनबारीमा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको हो ।

उक्त शाखाको समुद्घाटन ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले संयुक्त रुपमा गरेका हुन् । समुद्घाटन् समारोहमा मह जोडीले विराटनगरको कञ्चनबारीमा सानिमा बैंकको शाखा संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे ।

त्यस्तै, सानिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डले बंैकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे ।

सानिमा बंैकको देशका सातै प्रदेशमा १०६ कार्यालय र ९६ वटा एटिएम संचालनमा रहेका छन् ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.