Advertisement

रामजानकी मन्दिर निर्माण अधुरै

0 500

Advertisement

०८ असोज, रामपुर जनकपुरको झझल्को दिने गरी निर्माण गरिएको रामजानकी मन्दिरले गति लिन नसक्दा अधुरै बनेको छ । पाल्पाको ऐतिहासिक परिबेशलाई दृष्टिगत गर्दै स्थानीयवासीको सक्रियतामा रामपुर नगरपालिका–५ स्थित राममन्दिर परिसरमा छत्रशैली र गुम्बाशैली आकारमा थुप्रै खर्च हुनेगरी मन्दिर निर्माण सुरु गरिएको थियो । मन्दिर निर्माण सम्पन्न भई सञ्चालन भइसक्ने समयमा अहिले आधा–आधीमै काम ठप्प छ । विसं २०७२ को कात्तिकदेखि करिब रु दश करोडको लागतमा निर्माण कार्य अगाडि बढाइएको थियो । ठूलो योजनाका लागि थोरै बजेटबाट निर्माण थालनी गरिएकामा बजेट अभावले बीचमै काम रोक्नु परेको मन्दिर विकास परिषद्का अध्यक्ष फणेश्वर गौतमले बताउनुभयो । यसै वर्षभित्र सम्पन्न गर्ने योजना बनाइए पनि कामले गति नलिँदा बेवारिसे जस्तै बनेको छ ।

“रामपुरलाई धार्मिक नगरीका रुपमा विकास गर्न ठूलो योजना बनाएर मन्दिर निर्माण सुरुआत गरियो, अहिले बजेट अभावमा निर्माण नै अलपत्र बनेको छ, रामपुर नगरपालिकाले छुट्याएको थोरै रकमले धेरै काम गर्न नसकिएकाले बजेटकै समस्याले पिरोलेको हो,” उहाँले भन्नुभयो ।

मन्दिर निर्माण सुरु भएपछि नगरपालिकाले तीन आर्थिक वर्षमा गरी रु १३ लाख रकम उपलब्ध गराएको तर समितिले ठूलो योजना ल्याएको हुँदा मागअनुसारको बजेट उपलब्ध गराउन नसकिएको वडाध्यक्ष हिमाल मल्लले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले विभिन्न क्षेत्रमा पनि हेर्नुप¥यो, एकै ठाउँमा मात्रै बजेट छुट्याउँदा अन्यत्र विकासका काम गर्न सकिदैन, एकै पटक धेरै बजेट उपलब्ध गराउन नसके पनि क्रमश ः मन्दिर निर्माणमा वडा र नगरपालिकाबाट सक्दो सहयोग हुनेछ ।”

नगरपालिकाले गत आर्थिक वर्ष उपलब्ध गराएको रु पाँच लाखबाट मन्दिरको दोस्रो तलाको गारो लगाउने र झ्याल राख्ने काम भएको छ । मन्दिर छाउन ठूलो रकम लाग्ने हुँदा यो काम अलपत्रै छ । छानो छाउन सकेमात्र मन्दिर जसोतसो चालु गरी पूजाआजा गर्न सकिने समितिको भनाइ थियो ।चार तलाकोे मन्दिरको करिब ६० प्रतिशत मात्रै काम सकिएको छ भने योजनाअनुसार दुई सत्तल अझै निर्माण हुन नै सकेको छैन ।

भगवान् रामचन्द्र वनवास जाँदा बास बसेको यस क्षेत्रलाई धार्मिक नगरीका रुपमा विकास गरी जनकपुरधामको झल्को दिलाउन मन्दिर निर्माण सुरु गरिएको थियो ।

पौराणिक समयमा भगवान् रामचन्द्र वनवास जाँदा मुक्तिनाथबाट रामपुरमा आएर बसेको धार्मिक कथन छ । रामकै नामबाट राममन्दिर यहाँ रहे पनि सोही ठाउँमा भगवान् रामले प्रयोग गरेको सम्पदा उजागर गर्न रामजानकी मन्दिर निर्माण सुरु गरिएको हो ।रामचन्द्रले बेझाड बजार नजिकै भात पकाई खाएको रामचुलोलाई प्रवद्र्धन र संरक्षण गर्ने उद्देश्यले स्थानीयवासी र सरोकार निकायको सहयोगमा यसलाई धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नका लागि मन्दिर निर्माण थालिएको र यसका लागि विसं २०७१ माघमा श्रीमद्भागवत् धनधान्याञ्चल ज्ञान महायज्ञ आयोजना गरिएको थियो ।

महायज्ञबाट रु दुई करोड ४२ हजार नगद तथा जिन्सी रकम सङ्कलन गरी मन्दिर निर्माण थालिएकामा कतिपय दाताले घोषणा गरेको नगद र जिन्सी उपलब्ध नगराउँदा काम गर्न अप्ठ्यारो परेको समितिका सचिव गुरुप्रसाद रेग्मीले जानकारी दिनुभयो । मन्दिरको कोषमा रकम नहँुदा निर्माणलाई दु्रत गतिमा अगाडि बढाउन नसकिएकाले सम्बन्धित निकाय स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारबाट थप बजेट उपलब्ध गराउनुपर्नेमा मन्दिर व्यवस्थापन समितिका सदस्य मीनराज रेग्मीले जोड दिनुभयो ।

नगरपालिकामै धार्मिक क्षेत्रमा ठूलो योजनाका रुपमा निर्माण भएको यो मन्दिर पहिलो भएको र पूर्वको जनकपुरमा अवस्थित रामजानकी मन्दिर जस्तै प्रख्यात बनाउन यहाँका सरोकारवालाले मन्दिर निर्माणमा जोड दिएका हुन् । निर्माणअगाडि बढाउन दबाब दिइरहे पनि गति लिन नसक्दा स्थानीयवासी चिन्तित छन् । मन्दिरको स्वामित्वमा रहेको करिब चार रोपनी जमिनमा मन्दिर नयाँ शैली र आकारमा थालनी भएकाले यहाँ सुरुआतीका बेला अवलोकन गर्न आउनेको चहलपहल थियो ।

समितिका अनुसार कोरोनाकको सङ्क्रमणका कारण पनि निर्माण अलपत्र हुँदा मन्दिर वरपर झाँडी झाङ्गिएको छ। मुक्तिनाथ र देवघाटधामसँग जोडिएको कालीगण्डकीले यस क्षेत्रलाई पनि समेटकाले कालीगण्डकी करिडोरको सडक विस्तारले पनि मन्दिर निर्माणपश्चात् यहाँ आन्तरिक तथा बाह्य पर्यटक भित्रिने अनुमान गरिएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.