Advertisement

चराचुरुङ्गी तथा वन्यजन्तु संरक्षणका लागि गुलेली सङ्कलन अभियान

0 843

Advertisement

०७ असाेज, चरीकोट । चराचुरुङ्गी वन्यजन्तु तथा तिनको वासस्थान संरक्षणका लागि गौरीशङ्कर संरक्षण क्षेत्र आयोजनाले गुलेली सङ्कलन अभियान सञ्चालन गरेको छ ।

गौरीशङ्कर संरक्षण क्षेत्र आयोजनाले १४औँ राष्ट्रिय संरक्षण दिवस २०७८ को अवसर पारेर चराचुङ्गी तथा वन्यजन्तुको संरक्षण गराउने उद्देश्यले गुलेली सङ्कलन अभियान सञ्चालन गरेको हो ।

गौरीशङ्कर संरक्षण क्षेत्र आयोजना र प्रहरीले आज संयुक्त रुपमा दोलखाको उत्तरी क्षेत्र सिङ्गटी बजारमा गुलेली सङ्कलन अभियान सञ्चालन गरेको छ । अभियानअन्तर्गत सो क्षेत्रबाट ३४ गुलेली र गुलेली बनाउन प्रयोग हुने ३७७ थान रबर सङ्कलन गरेको छ ।

राष्ट्रिय प्राकृतिक संरक्षण कोष गौरीशङ्कर संरक्षण क्षेत्र आयोजनाले गाउँगाउँबाट गुलेली सङ्कलनको लागि आयोजनाअन्तर्गतका संरक्षण क्षेत्र व्यवस्थापन समितिलाई खटाएको र गाउँगाउँमासमेत गुलेली सङ्कलन भइरहेको संरक्षण क्षेत्रका सूचना अधिकारी तुलसीप्रसाद दाहालले बताउनुभयो ।

सो अभियानअन्तर्गत गुलेली बुझाएर सहयोग गर्नेहरुलाई उचित मूल्यसमेत दिइने आयोजनाले जनाएको छ । गौरीशङ्कर संरक्षण क्षेत्रभित्र रहेका विभिन्न प्रजातिका चराचुङ्गी तथा वन्यजन्तुलाई संरक्षण गराउने उद्देश्यले यो अभियान सञ्चालन गरिएको आयोजनाले जनाएको छ । गौरीशङ्कर हिमाललाई आधार बनाइ निर्माण गरिएको गैरीशङ्कर संरक्षण क्षेत्र दोलखा, रामेछाप र सिन्धुपाल्चोक गरी तीन जिल्लामा फैलिएको छ ।

यो संरक्षण क्षेत्रमा विभिन्न प्रजातिका चराचुङ्गी तथा वन्यजन्तुको बासस्थान रहेको पाइन्छ । चीनको सीमा तथा हिमाली क्षेत्रसँग जोडिएकाले यस संरक्षण क्षेत्रमा गतवर्ष संरक्षित वन्यजन्तु हिमचितुवा फेला परेको थियो । हिमचितुवा तथा अन्य संरक्षित वन्यजन्तु संरक्षण क्षेत्रमा रहेको हुँदा उनीहरुको संरक्षणको लागि आयोजनाले अभियान सञ्चालन गर्दै आएको छ ।

संरक्षित पक्षी सिकार गरी मारेमा वा घाइते बनाएमा रु १५ हजारदेखि ३० हजारसम्म जरिवाना वा तीन महिना देखि नौ महिनासम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ । राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, संरक्षण क्षेत्र वा मध्यवर्ती क्षेत्रभित्र अनुज्ञापत्र नलिइ संरक्षित पक्षीबाहेक अन्य पक्षी सिकार गरी मारेमा वा घाइते बनाएमा रु २० हजारदेखि रु ५० हजारसम्म जरिवाना वा छ महिनादेखि एक वर्षसम्म कैद वा दुवै सजाय व्यवस्था छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.