Advertisement

राष्ट्रिय केन्पोको तयारी पूरा

0 410

Advertisement

०६ असोज, काठमाडौं । नेपाल केन्पो खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा हुने राष्ट्रिय केन्पो खुकुरी मार्सल आर्ट च्याम्पियनसिपको तयारी पूरा भएको छ ।


त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शुक्रबारदेखि हुने प्रतियोगिताको तयारी पूरा भएको बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोजक संघका अध्यक्ष पूर्णप्रसाद पाण्डेले जनाएका छन् ।


प्रतियोगितामा सातै प्रदेशबाट करिब १ सय खेलाडीको सहभागिता रहने बताइएको छ । विभिन्न ४ विधामा प्रतिस्पर्धा हुने छ । फुल केन्पो, सेमि केन्पो, सेल्फ डिफेन्स र खुकुरी काताअन्तर्गत विभिन्न स्पर्धामा खेल खेलाइने छ ।


फुल र सेमि केन्पोअन्तर्गत विभिन्न तौलसमूहमा खेल खेलाइने छ । सेल्फ डिसेन्सतर्फ प्रदर्शनी खेल मात्र हुने छ । सहभागीको खाना र बसोवासको प्रबन्ध संघले व्यवस्था गरेको आयोजकले जनाएको छ ।

प्रशिक्षक प्रशिक्षणका लागि बागमती खेलकुदको अग्रसरता

बागमती प्रदेश खेलकुद विकास परिषद्ले विभिन्न ४ खेलको प्रशिक्षक प्रशिक्षण कार्यक्रमका लागि सहयोग गर्ने भएको छ । ब्याडमिन्टन, एथलेटिक्स, रग्बी र आईटीएफ तेक्वान्दोको प्रशिक्षक प्रशिक्षण सञ्चालन गर्न परिषद्ले सहयोग गर्ने भएको हो ।


सो सम्बन्धी सम्झौता पत्रम परिषद् र सम्बन्धित खेलका राष्ट्रिय संघबीच बुधबार हस्ताक्षर भयो । परिषद्का सदस्य–सचिव सूर्यलाल भण्डारी, ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, एथलेटिक्सका मुख्य प्रशिक्षक चन्द्र गुरुङ, रग्बी संघका अध्यक्ष टंकलाल घिसिङ र आईटीएफका अध्यक्ष अञ्जन धमलाले सम्झौता पत्रमा हस्ताक्षर गरे ।


ब्याडमिन्टनको कात्तिक ५ देखि ६ गतेसम्म तथा एथलेटिक्सको असोज ९ देखि १३ गतेसम्म काठमाडौंमा प्रशिक्षण हुने छ । चितवनमा असोज १९ र २० गते रग्बी तथा रामेछापमा असोज १६ र १७ गते रामेछापमा प्रशिक्षण हुने भएको छ । चारै खेलको प्रशिक्षणका लागि परिषद्ले २० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।


सदस्य–सचिव भण्डारीले दक्ष खेलाडी उत्पादन गर्न दक्ष जनशक्ति आवश्यक हुने भएकाले प्रशिक्षण कार्यक्रममा जोड दिइएको बताउदै प्रतियोगिता र पूर्वाधारसंगै प्रशिक्षकको स्तरबृद्धिमा पनि उत्तिकै ध्यान दिनु पर्ने आवश्यकता औल्याए । उनले आगामी दिनमा आवश्यकता अनुसार कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै राष्ट्रिय खेल संघलाई जिम्मेवार बनाउन संघसंग सहकार्य गरेर कार्यक्रम आयोजना गरिएको बताए ।


रग्बी अध्यक्ष घिसिङले प्रशिक्षक उत्पादनका साथै उनीहरुको स्तरबृद्धि गर्न कार्यक्रम महत्वपूर्ण साबित हुने विश्वास व्यक्त गर्दै सहकार्यका लागि परिषद्लाई धन्यवाद दिए । कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सुभाष श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.