Advertisement

राष्ट्रसंघको महासभामा सहभागी भएपछि ब्राजिलका स्वास्थ्य मन्त्री सङ्क्रमित

0 502

Advertisement

०६ असोज, ब्राजिल । ब्राजिलका स्वास्थ्य मन्त्री मार्कोलो क्वैरोगा कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएको छ । संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएपछि उहाँलाई सङ्क्रमण पुष्टि भएको अधिकारीहरुले मंगलबार जानकारी दिएका छन् ।

राष्ट्रपति जैर बोल्सोनारोको नेतृत्वमा ब्राजिलको टोली अमेरिकाको न्युयोर्कमा भएको राष्ट्रसंघको महासभामा सहभागी भएको हो ।टोलीमा सहभागी अन्य सदस्यहरुको पनि कोरोना परीक्षण गरिएको, तर सङ्क्रमण नदेखिएको अधिकारीहरुले जनाएका छन ।

ब्राजिल सरकारले जारी गरेको वक्तव्यका अनुसार अहिले सङ्क्रमित हुनुभएका स्वास्थ्य मन्त्री क्वैरोगाले कोरोना भाइरसविरुद्धको खोप पनि लगाउनु भएको थियो । राष्ट्रसंघको महासभामा सहभागी भएर फर्किएका मध्ये सङ्क्रमित हुनेमा उहाँ दोस्रो व्यक्ति हुनुभएको छ ।

सङ्क्रमित ५५ बर्षीय स्वास्थ्यमन्त्री क्वैरोगा न्युयोर्कमै आइसोलेसनमा बस्नु भएको समाचारमा जनाइएको छ । तर टोलीमा सहभागी भएर पनि सङ्क्रमण पुष्टि नभएका अन्य भने ब्राजिल फर्किसकेका छन् ।राष्ट्रपति बोल्सोनारो यात्राका क्रममा मास्क बिना देखिनु भएको र उहाँले अहिलेसम्म खोप पनि लगाउनु भएको अधिकारीहरुले जनाएका छन् ।

स्वास्थ्यमन्त्री क्वैरोगासँगै रहनु भएका बोल्सोनारोले महासभाका क्रममा अन्य देशका शिर्ष नेताहरुसँग पनि भेटवार्ता गर्नु भएको थियो । तर अहिलेसम्म पनि उनीहरुलाई सङ्क्रमण भएको जानकारी नआएको वक्तव्यमा उल्लेख गरिएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.