Advertisement

भर्चुअल श्राद्ध किन गर्नु हुँदैन हाम्रो वैदिक शास्त्रले के भनेको छ!

0 1,229

Advertisement

०५ असाेज, काठमाडौं । महामारीमा रोकिएको श्राद्ध कहिले गर्ने त् ?श्राद्ध नगरे के हुन्छ ? गरे के हुन्छ शास्त्रीय प्रमाण यस्तो छ।
केही बिद्वान ब्राम्हणहरूले भर्चुअल श्राद्ध कोरोनाको काण देखाएर गर्नु हुन्छ भने पनि भर्चुअल बाट गर्दा विधि नपुग्ने भएकाले यो उपयुक्त नहुने मत छ । यदि आश्विन ५ गतेदेखि आश्विन १९ गतेसम्मको जुनसुकै तिथिको श्राद्ध पनि तोकिएको तिथिमा सम्पन्न भएन भने त्यसलाई यस वर्ष असोज २० गते औंसीको दिन गर्न सकिने शास्त्रीय मान्यता छ । औंसीको दिन गर्न सकिने शास्त्रीय मान्यता छ । त्यो समयसीमा अघि माथि उल्लेख गरिएको तिथिबाहेक जुनसुकै अष्टमी, द्वादशी र औंसी तिथिमा सोह्र श्राद्ध गर्न सकिने कुरा शास्त्रमा उल्लेख रहेको छ ।यदि कुनै कारणले औंसीको दिन पनि श्राद्ध गर्न सकिएन भने जुनसुकै तिथिको श्राद्ध पनि घटस्थापनाको ५ दिनपछि अर्थात् नवरात्रिको पञ्चमीका दिन गर्न सकिने छ । त्यसदिन पनि श्राद्ध गर्न नसकेको खण्डमा गाईतिहारे औंसीको दिन श्राद्ध गर्न सकिने छ । सोह्र श्राद्ध गर्नका लागि मंसिर संक्रान्तिसम्मका विभिन्न तिथिहरु शास्त्रले बताएको छ ।

यदि मंसिर संक्रान्तिसम्म पनि सोह्र श्राद्ध गर्न सकिएन भने चाहिँ प्रायश्चित पूजा गरेर अर्काे सोह्र श्राद्धसम्म दैनिक एउटा मन्त्रको जप ध्यान गर्नुपर्छ भन्ने मान्यता रहेको छ।तर अहिले भर्चुअल श्राद्ध गर्दा विधि नपुग्ने भएकाले यो उपयुक्त नहुने मत छ । भर्चुअल श्राद्ध उपयुक्त नरहेको छ । कुशको ब्रामहणहरू, मोटक, पवित्र निर्माण नगरी श्राद्ध गर्दा के पितृहरूले हामिले दिएको कुनै पनी प्राप्त गर्दछन त? अवश्य प्राप्त गर्दैनन् ।फेरी टीका लगाउने, गोदान गर्ने जस्ता प्रक्रियाहरू प्रत्यक्ष भेटेर नै गर्नुपर्ने खालको भएकाले भर्चुअल श्राद्धमा पूरा विधि समेट्न नसकिने कुरा स्पष्ट छ। भर्चुअल श्राद्ध गर्दा दक्षिणा रु – २,५००/ र कतै रु – २००० /मागेको यस्तो अनुपयुक्त कुरा राखेर ब्राम्हणहरुको अपमान गरिएकोमा यस्तो श्राद्ध गर्ने गराउनेको शास्त्रीय बिधि नपुगेर पितृहरु निरास भएर फर्कने छन।त्यसैले यो महामारीको समयमा श्राद्ध कर्ता र ब्राम्हणले सामाजिक दुरी कायम गरि माक्स, पन्जा, सेनेटाइजर वा साबुन पानीले बेला – बेलामा हात धोएर गर्नु नै उपयुक्त हुन्छ र बिधि पनि पुग्दछ।

तस्माच्छास्त्रं प्रमाणं ते कार्याकार्यव्यवस्थितौ ।
ज्ञात्वा शास्त्रविधानोक्तं कर्म कर्तुमिहार्हसि ।।

यसैले शास्त्रप्रमाणकै अनुसार आफ्नो जीवनपद्धतिलाई अपनाउनु पर्दछ, कर्तव्य अकर्तव्य, राम्रो नराम्रो, उचित अनुचित, धर्म अधर्म, पुण्य, पाप, सत्य असत्य र खाने नखाने भन्ने कुराको निश्चय र प्रमाण शास्त्रीय वचनद्वारा मात्र हुन सक्छ ।

पिता ददाति सत्पुत्रान् गोधनानि पितामहः।
धनदाता भवेत्सोपि यस्तस्य प्रपितामहः ।।

दद्याद्बिपुलमन्नाद्यं वृद्धस्तु प्रपितामहः ।
तृप्ता श्राद्धेन ते सर्वे दत्त्वा पुत्रस्य वाञ्छितम् ।।

पिता प्रसन्न भए असल छोरा र पितामह खुशी भए गोधन दिन्छन् । त्यसका जुन प्रपितामह हुन ती प्रसन्न भएर अतुल वैभव दिनुहुन्छ । वृद्ध प्रपितामह खुशी भए प्रसस्त अन्नादि प्रदान गर्दछन् अनि सबै पितृहरु श्राद्ध द्वारा तृप्त भएर पुत्रलाई इच्छित फल दिएर आफू स्वर्गमा परम आदरका साथ बस्न पाउँछन् भन्ने शास्त्रको भनाइ छ ।यो धर्म शास्त्रको बचनहो र धर्मशास्त्र लाई हामीले प्रमाण मान्नु पर्दछ ।
वैदिक शास्त्रमा उल्लेख गरिएका विधि (विधानहरुको व्यवस्था ऋषिमुनिहरुले गरेका हुन् जसले त्यही मार्गद्वारा पूर्णत्वलाई प्राप्त गरेका थिए । त्यसैले उनीहरूले बताए अनुसारको मार्गलाई विनयभावले अनुसरण गरेर आफूलाई कृतार्थ बनाउनु नै श्रेयस्कर हुन्छ।

हामी वैदिक सनातन धर्मावलम्बीहरु वेद, धर्मशास्त्र अनुयायी हौं शास्त्रहरुले विधान गरेको र पितापुर्खाले अवलम्बन गर्दै आएको धर्म संस्कार नै हाम्रो वैदिक सनातन संस्कृतिको मूल आधार हो ।वर्तमान समयमा हाम्रो वैदिक सनातन धर्म संस्कृति लाई अपहेलना गरि पाश्चात्य संस्कृतिलाई नै प्रोत्साहन दिन थालेका छन्। यसको फलस्वरूप हाम्रो संस्कार, संस्कृति, मान मर्यादा, नैतिक मूल्य र मान्यता, सदाचार, सद्भावना, सत्कर्म र सन्मार्ग आदिको अभावमा देवता, माता, पिता, गुरु, आचार्य , अतिथि, मान्यजन हरुको सेवा सत्कार, आज्ञापालन र मान मर्यादा नै नगरि सनातन धर्मलाई नै दोष देखाई आफूखुसी गर्नेहरु देखिन थालेका छन् । यसरी अनादि काल देखि चलि आएको परम्परा र धर्म संस्कार संस्कृति सेवा सत्कार आदि लाई जोगाउन र यसलाई निरन्तरता दिनको लागि तपाई हामी सबैको नैतिक दायित्व हो , यसले मानव सभ्यताको उचो गरिमा लाई अझ दिगो बनाउँछ ।

श्राद्धबारे कुन ग्रन्थले के भन्छ ?

श्राद्धबारे हिन्दू ग्रन्थहरूका मत निम्न प्रकार छ :
क) महर्षि जाबली भन्छन्, ‘पितृपक्षमा आफ्ना मृत पिताको श्राद्ध गर्नाले पुत्र, आयु, आरोग्य, परम ऐर्श्वर्य र अभीष्ट वस्तु प्राप्त हुन्छ।’
ख) मार्कण्डेय पुराणमा लेखिएको छ, ‘श्राद्धद्वारा सन्तुष्ट भएका पितृले आयु, पुत्र, स्र्वर्ग, कीर्ति, पुष्टि, बल, वैभव, पशु, सुख, धन, धान्य दिन्छन्।’
ग) कुर्मपुराणले भनेको छ, ‘विधिद्वारा एकाग्र चित्त भएर गरिएको श्राद्धले पापरहित भएर मुक्त गराउँछ, पुनः संसार चक्रमा आउँदैन।’
घ) ब्रम्हपुराण अनुसार जुन मनुष्यले श्रद्धा भक्तिले गर्दछ, उसलाई कुलमा कुनै प्रकारको दुःख हुँदैन।
ङ) याज्ञवल्क्य स्मृति अनुसार सन्तुष्ट भएका पितृले आयु, सन्तति, धन, विद्या, स्र्वर्ग, मोक्ष र राज्य प्रदान गर्दछन्।
च) हेमाद्रि, नगारखण्डमा उल्लेख गरिएको छ, जो मनुष्य एक दिन भने श्राद्ध गर्दछ, उसका पितृगण वर्षभर सन्तुष्ट हुन जान्छन्।
छ) मत्स्य पुराणले बताए अनुसार श्राद्धमा अन्नले तृप्त भएका पितृले आर्शीवाद दिन्छन्। परिवारिक सुख, समृद्धिको बढोत्तरी हुन्छ।

श्राद्ध नगरे के हुन्छ ?

श्राद्ध नगरिएमा जीवनमा केही अवरोध आउने कुरा विभिन्न ग्रन्थले बताएका छन्। ब्रम्हपुरण लेखिएको छ, ‘श्राद्ध नगर्नेको परिवारमा पितृहरूले पाइलापाइलामा कष्ट दिन्छन्। घरमै आएर श्राप दिन्छन् र आफ्नै परिवारको रगत पिउँछन्।’ भविष्य पुराणले भनेको छ, ‘हे गरूड ! सम्पत्ति खानेले हरेक वर्ष श्राद्ध गरेन भने तामिश्र नामक घोर नरकमा जानुपर्दछ।’

पितृहरू लोकमा पूजनीय हुन्छन्। तिनीहरू देवताका पनि देवता मानिन्छन्। उनीहरूको स्वरूप शुद्ध, निर्मल र पवित्र हुन्छ। यिनीहरू दक्षिण दिशामा निवास गर्दछन्। दाजुभाइ छुटि्टएर बसेको भए पनि श्राद्ध एउटै स्थानमा भन्दा छुट्टाछुट्टै गर्नुपर्दछ भन्ने गरूड पुराणको मत छ तर निर्णब सिन्धुका अनुसार अंशबण्डा भइसकेका दाजुभाइले छुट्टाछुट्टै कर्म गर्नु गृहस्थीको धर्म हो भनेको छ। श्राद्ध जेठोले गर्नुपर्छ। ऊ नभएमा क्रमशः माइलो, साहिलो आदिले। ‘छोरा भएका विधवाले श्राद्ध गर्न हुँदैन तर छोरा नभएमा श्राद्ध गर्नु हुन्छ’ धर्मसिन्धुमा लेखिएको छ।
पं-बालमुकुन्द देबकोटा



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.