Advertisement

के हो पितृपक्ष ? हामिले दिएको पिण्ड पितृहरूले कसरी प्राप्त गर्दछन।

0 1,318

Advertisement

०४ असाेज, काठमाडाैं । २०७८ साल आश्विन ५ गते मंगलबार कृष्णपक्ष प्रतिपदा तिथि ६ गते बुधबार प्रात : ५ /१३ बजेसम्म त्यस उप्रान्त दुतिया तिथि आरम्भ हुने भएकोले सोह्रश्राद्ध आश्विन कृष्णपक्षबाट प्रतिपदा {परेवा } बाट आरम्भ भएर आश्विन २० गते बुधबार औंसीश्राद्ध देखी पितृविसर्जन सोह्रश्राद्ध समापन हुनेभएकोले केही श्राद्ध सम्वन्धि छोटकरीमा जानकारी यस प्रकार रहेको छ।

अहिले सोह्र श्राद्ध भएकोले श्राद्ध भनेको के हो ?के गर्नु पर्दछ ?हामीले दिएको पिण्ड पित्रिहरुले कसरि प्राप्त गर्दछन बुझेर गर्नु पर्दछ।
देशे काले च पात्रे च श्रद्धया विधिना च यत् । पितृनुद्दिश्य पिप्रेभ्यो दत्तं श्राद्धमुहाह्तमे” देशकाल पात्रमा श्रद्धाले विधिपूर्वक पितृहरुको नामोच्चारण गरी ब्राम्हणहरुलाई जो दान दिइन्छ त्यो दानलाई श्राद्ध भनिन्छ ।सोह्र श्राद्धमा एक जना पितृको मात्र नभएर दिवंगत भएका सम्पुर्ण पितृको सम्झनामा तर्पणदिइ श्राद्ध गर्ने गरिन्छ । आफनै घर हुनेले घरमा र घर नहुनेले नदिको किनारमा अघिल्लो दिनदेखि नै चोखो बसेर, कपाल काटेर श्राद्ध गर्ने चलन छ ।ब्रम्हाजिले बताए अनुसार श्राद्ध भनेको श्रद्धा बिस्वाश हो।आफ्ना दिवंगत पित्रिहरुको कार्य हामीले दिएको पाउनु हुन्छ भनेर श्रद्धा र बिस्वासले उहाँ प्रति {ब्राम्हण ,गाई ,अग्नि ,नदि ,दुखि ,गरिव ,असहाय }मा समर्पण गर्नु श्राद्ध हो।विश्वको एक मात्र हिन्दू देश नेपाल हो ।

यो देश धर्म र संस्कृतिले धेरै धनी रहेको छ । प्रत्येक दिन जसो एक न एक पर्व परेकै हुन्छ । यसर्थ चान्द्रमानको पात्रोअनुसार वर्षमा चौबीस पक्ष रहेका हुन्छन् । यी नै चौबीस पक्षमध्ये आश्विन कृष्णपक्षलाई पितृपक्ष वा सामान्य बोलीचालीको भाषामा सोह्र श्राद्ध भनिन्छ । एक पक्षमा पन्ध्र तिथि हुने भएपनि भाद्र शुक्लपूर्णिमादेखि आश्विन औंसीसम्मका वा जमरे औंसीसम्म सोह्र तिथिमा श्राद्ध गरिने भएकाले यस समयमा गरिने श्राद्धलाई सोह्र श्राद्ध भनिएको हो । यसलाई पार्वण श्राद्ध पनि भनिन्छ । आजको बढ्दो आधुनिकता कारणले गर्दा कतिपय व्यक्तिहरुलाई यो कुरा थाहा नहुन पनि सक्दछ । हरेक व्यक्तिको जिम्मेवरी बढ्दै गएको कारणले गर्दा आफ्नो संस्कार, मूल्य र मान्यतालाई विसिंदै गइरहेको छ । जबकी समाजबाट सदाचार, संस्कार, नैतिक शिक्षा, असल समाज तथा राष्ट्र निर्माणका लागि नभइ नहुने बस्तुको अभाव हुँदै गएको छ । पित्रिहरु खुसि हुनुभयो भने आयु , पुत्र, धन, बिद्दा,राज्य, सुख, स्वर्ग ,मोक्ष प्राप्त हुन्छ।त्यसैले शास्त्रले पित्रिकर्मलाई अत्यन्त महत्व दिएको छ।

“न सन्ति पितरश्चेती कृत्वा मनसि यो नर।
श्राद्धम् न कुरुते तत्र तस्य रक्तं पिवन्ति ते “//

जसले पित्रिहरु छैनन् वा हुँदैनन् भनि श्राद्धादि कर्म गर्दैनन् भने त्यसको रगत पित्रिहरुले पिउँछन्।त्यसैले गर्नु पर्दछ।भगवान राम ,भिष्मपितामह आदिले पनि गर्नु भएको थियो।हाम्रो धार्मिक शास्त्रमा श्राद्ध धेरै किसिमका छन् । भविष्य पुराणमा श्राद्ध १२ वटा उल्लेख गरिएको छ । जुन यस प्रकार छ । यसमा दिनदिनै गरिने पहिलो नित्य श्राद्ध हो । त्यस्तै गरी दोस्रो वार्षिक एकोदिष्टदि नैमित्तिक श्राद्ध हो । तेस्रो आफ्नो इच्छा सिद्ध होस् भनि गरिने काम्य श्राद्ध हो । चौथो हो विवाह आदि अभ्युदयमा गरिने वृद्धि श्राद्ध हो । पाँचौ सपिण्डि श्राद्ध हो । छैठौं पार्वण श्राद्ध हो ।

सातौं गोठमा गरिने गोष्ठी श्राद्ध हो । आठौं पितृ तृप्ति विद्धानहरुको सुख प्राप्ति र शुद्धिका निमित गरिने ब्राह्ण भोजन शुद्धि श्राद्ध हो । नवौमा सिमान्तोनयन पुंसवन आदि संस्कारका निमित्त गरिने कमांङ्ग श्राद्ध हो । दशौं देबवताहरुको उद्देश्यले गरिने दैविक श्राद्ध ११ देशान्तरमा जाँदा ध्यूले गरिने यात्राश्राद्ध हो । र बाह्रौमा शरीर स्वस्थ्य होस् भनि गरिने पुष्टिश्राद्ध हो । त्यस्तै गरी अर्को पाँच प्रकारको श्राद्ध रहेको छ । यो श्राद्ध भने आजकाल धेरै आएको देखिन्छ । यसमा प्रथम नित्य हो भने दोस्रो नैमितिक, तेस्रो काम्य, चौथो वृद्धि र पाँचौ पार्वण श्राद्ध हो। यी सबै मध्ये खास गरीकन हाम्रो समाजमा एकोदिष्ट श्राद्ध जुन आफ्ना पितृहरुलाई वार्षिक रुपमा मृत तिथिमा गरिने श्राद्धलाई एकोदिष्ट श्राद्ध भनिन्छ । यो जुन पितृको मृत महिना पक्ष र तिथि याद गरी यो कार्य गरिन्छ ।

त्यस्तै गरी सालको एकपटक पार्वण श्राद्ध गरिन्छ यो खास गरीकन सोह्र श्राद्ध भन्नाले प्रत्येक पक्षमा गरिने श्राद्धलाई बुझ्नुपर्छ । शास्त्रमा यसलाई पार्वण श्राद्धको नामबाट बुझिन्छ । आफ्नो पितृहरुको जुन तिथि हो त्यही तिथिमा श्राद्ध गर्नु पर्छ । एक पार्वण श्राद्ध औंसी तिथिमा र आश्विन कृष्ण पक्षमा मृत्यु भएकाको तिथि श्राद्धलाई एक पार्वण श्राद्ध पनि भनिन्छ ।अन्त्यमा भन्नुपर्दा आश्विन कृष्णपक्षमा गर्नुपर्ने श्राद्धको महिमा बताउँदै श्रीमद्भागवत, महाभारत आदि पौराणिक ग्रन्थमा समेत बताइएको छ । यस श्राद्धमा चार जना ब्राम्हण चाहिने भएकोले ब्राम्हणको प्रतीक स्वरुप कुशको ब्राम्हण थापिएको हो । पहिले पहिले पार्वण श्राद्ध गर्दा चार जना नै ब्राम्हण अगाडि राखेर पूजाआजा गर्ने परम्परा रहेको र यो परम्परा लोप हुँदै गएर श्राद्धमण्डपमा कुशको ब्राम्हण राखिएको हो ।

दुबै पट्टी दुई÷दुई ब्राम्हणलाई क्रमशः विश्श्रदेव र पितृब्राम्हण भनिन्छ । पार्वण श्राद्ध अन्य श्राद्धको विधि जस्तै सुरुमा देव मनुष्य दिव्यपितृ र स्वपितृलाई तर्पण दिइएपछि पार्वण श्राद्ध सुरु हुन्छ । यसपछि प्रत्येक ब्राम्हणलाई निमन्त्रण गरिन्छ । यसपछि विकटदान गरी पिण्ड दानका लागि वेदी बनाएर पूजा गरिन्छ । प्रत्येक पितृलाई पिण्ड दिनुअधि पिण्डासन दिई पितृको नाम लिएर विधिपूर्वक पिण्डदान गरिन्छ । श्राद्धको लागि स्थान हेर्ने हो भने पार्वण श्राद्ध आफ्नै घरमा बसेर वा आफ्नो नभए पवित्र तीर्थस्थल, गंगाको तिरमा गएर पनि गर्ने चलन छ तर घरमै भए पनि श्राद्ध गर्दा भूमि मै गर्नुपर्ने नियम छ ।श्राद्धको समयको कुरा गर्ने हो भने पार्वण श्राद्ध खासगरीकन अपराह्रनमा गर्नुभर्ने शास्त्रमा उल्लेख भएको भनाई पाइन्छ ।

अव पिण्ड भनेको के हो भन्दा ब्रह्माण्डको उत्तम वस्तुद्वारा निर्मित पितृहरुलाई नामगोत्रोच्चारणपूर्वक समर्पण गरिने पितृको भोज्य {खाने }पदार्थ हो।श्राद्धको दिन छोरीको छोरो, कुश, तुलसी, कालोतिल, मासको बारा ,अदुवाको भुजुङ्गो {छोप }चाहिन्छ। हामीले दिएको पिण्डको अन्न पितृहरुलाई अमृत अवश्थामा प्राप्त हुन्छ । दैत्ययोनीमा गएको भए भोगरुपमा प्राप्त हुन्छ,पशुयोनिमा तृण {घाँस }रुपमा प्राप्त हुन्छ, सर्प योनिमा वायुरुपमा प्राप्त हुन्छ । यक्षयोनिमा गएको भए पानरुपले प्राप्त हुन्छ । मनुष्ययोनीमा गएको भए अन्न अनेकरुपमा प्राप्त हुन्छ,प्रेतयोनिमा गएको भए रगतको रुपमा प्राप्त हुन्छ आदि।

पं-बालमकुन्द देबकोटा



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.