Advertisement

पन्जाबका मुख्यमन्त्री अमरिन्दर सिंहले दिए राजीनामा

0 959

Advertisement


०३ असोज, नयाँदिल्ली । पन्जाबका मुख्यमन्त्री अमरिन्दर सिंहले पदबाट राजीनामा दिएका छन् । उनले शनिबार राज्यपाल बीएल पुरोहितलाई राजीनामा पत्र बुझाएका छन् ।

मुख्यमन्त्री सिंह र पन्जाब कंग्रेसका अर्का नेता नवजोत सिंह सिद्दुबीच पञ्जाबमा शक्ति-संघर्ष चल्दा पन्जाब कंग्रेसमा लामो समयदेखि विवाद चर्किएको थियो । उक्त विवादका बीच केही समयअघि कंग्रेसले सिद्दुलाई पन्जाब कंग्रेसको अध्यक्षको जिम्मेवारी दिएको थियो ।

भारतीय कंग्रेसको ‘उच्च नेतृत्व’ले सिंहलाई मुख्यमन्त्री पदबाट राजीनामा गर्न बाध्य पारेको दाबी गरिएको छ । सञ्चारमाध्यमहरूमा आएका रिपोर्टहरूमा पन्जाब कांग्रेसका ८० मध्ये ५० सांसदले पार्टी अध्यक्ष सोनिया गान्धीलाई पत्र लेखेर सिंहलाई मुख्यमन्त्रीबाट हटाउन माग गरेपछि उनले पदबाट राजीनामा दिएको उल्लेख गरिएको छ ।

सिंहलाई संसदीय दलको नेताबाट हटाउन शनिबार साँझ बैठक बोलाइएको तर त्यसअघि नै सिंहले राजीनामा दिएको उनीनिकट नेताहरूले बताएका छन् । -रासस/एएनआई

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.