Advertisement

फुटबल लिजेण्ड पेले पुन: अस्पताल भर्ना

0 571

Advertisement

०२ आश्विन, काठमाडौं । ब्राजिलियन फुटबल लिजेण्ड पेले पुन: अस्पताल भर्ना भएका छन् ।

पेले ब्राजिलको साउल पाउलोस्थित अल्बर्ट आइन्स्टाइन अस्पतालमा भर्ना भएको बताईएको छ ।

हालै पेलेको कोलोनबाट शल्यक्रिया गरेर ट्युमर निकालिएको थियो ।

त्यसपछि उनी अस्पतालबाट डिस्चार्च भएका थिए ।

तर, अस्पतालबाट डिस्चार्च भएको तीन दिनपछि फेरि उनलाई अस्पताल भर्ना गरिएको हो ।

स्वास्थ्य खराब भएपछि उनलाई पुन: अस्पताल भर्ना गरिएको हो ।

पेलेले सामाजिक संजालबाट आफु ठिक हुँदै गएको जानकारी दिएका छन् ।

‘द ब्लाक पर्ल’ ले चिनिने ८० वर्षीय पेले तीन पटक विश्वकप जित्ने एक्लो खेलाडी हुन् ।

पेलेले ब्राजिललाई सन् १९५८, १९६२ र १९७० मा विश्वकप उपाधि दिलाएका थिए ।

पेलेले २१ वर्षे फुटबल करियरमा १३ सय ६३ खेलमा १२ सय ८१ गोल गरेका थिए ।

ब्राजिलका लागि उनले ९१ खेलमा ७७ गोल गरेका थिए ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.