Advertisement

बञ्चरे डाँडामा फोहोर व्यवस्थापन गर्न मिल्ने संरचना बनिनसकेको भन्दै स्थानीयले आपत्ती

0 499

Advertisement

०२ असाेज, काठमाडाैँ । काठमाडौंको फोहोर बिसर्जनका लागि तयार पारिँदै आएको बञ्चरे डाँडामा फोहोर व्यवस्थापन गर्न मिल्ने संरचना बनिनसकेको भन्दै स्थानीयले आपत्ती जनाएका छन्। सरकारी निकायले बञ्चरे डाँडामा फोहोर बिसर्जनका लागि तयार भइसकेको र फोहोर फाल्न मिल्ने बताएपछि स्थानीयले आपत्ती जनाएका हुन्।

स्थानीय सनत उप्रेतीले भवन निर्माण विभागले बन्दै नबनेको संरचना बनेको भनेर गलत प्रचार गरिरहेको भन्दै त्यसको प्रतिवादमा स्थानीयहरु एकजुट हुने बताए। स्थानीयलाई रोजगारीको सिर्जना गर्नुपर्ने, स्थानीय सात सय घरको व्यवस्थापन सरकारले गरिदिनुपर्ने, अधिकार सम्पन्न समिति बनाइनुपर्ने, फोहोरलाई उद्योगमा लैजानुपर्ने, कोल्पुखोला न्यूनीकरण गर्नुपर्ने लगायत सरकार र स्थानीयबीच भएको सहमति पूरा नभएसम्म बञ्चरे डाँडामा फोहोर खस्न नदिने उनले बताए।

‘यो समस्या सरकारको पनि हो, हाम्रो र सबैको हो। काठमाडौं हामीले पनि सफा गर्नुपर्छ, हामी पनि सभ्य नागरिक बन्नुपर्छ। हामी प्रभावित क्षेत्रका जनताको ५ वटा माग पूरा गरेपछि मात्रै फोहोर खस्न दिन्छौँ,’ उनले भने।

त्यस्तै, अर्का स्थानीय पुष्कर उप्रेतीले सरकारले फोहोरले असर गर्ने ठाउँसम्मको जग्गा अधिग्रहण नगरेको भन्दै आपत्ति जनाए। उनले तत्काल यसले असर नगरे पनि पछि गएर स्थानीयहरुलाई धेरै असहज परिस्थिती सिर्जना हुने बताए। उनले सरकारले लिचडको व्यवस्थापन कसरी गर्ने भन्ने अन्योल कायम रहिरहेको बेला फोहोर ल्याउन लागेको बताए।

शहरी विकास तथा भवन निर्माण विभागका ल्याण्डफिल्ड साइटका सुपरभाइजर ध्रुवप्रसाद धिमालका अनुसार फोहोर फाल्नको लागि आवश्यक दुईमध्ये एउटा सेल मात्र तयार भएको बताए। उनले फोहोर खसाल्नलाई तयारी भइसकेको र नगरपालिकालाई यसबारे जानकारी दिइसकेको भन्दै फोहोर फाल्न मिल्ने बताए।

धिमाल भन्छन्, ‘फोहोर फाल्नका लागि सेल वान र सेल टू दुईवटा छ। सेल वान तयार भइसकेको छ। लिचड पनि तयार भएको छ, यो फालेको फोहोरको लिचड आएर जम्मा हुन्छ। अब फोहोर खसाल्नलाई रोकिँदैन। सेल टू बन्दै गर्छ, तर फोहोर खसेपनि काम रोकिँदैन, फोहोर खसाल्न तयारी छ भनेर नगरपालिकालाई जिम्मा लगाइसकेका छौँ। पत्र पठाएको छ, के गर्छ नगरपालिकाले गर्छ।’

सरकारले काठमाडौंको फाहोर व्यवस्थापनका लागि अहिलेसम्म नुवाकोटको ओखरपौवास्थित सिसडोल ल्याण्डफिल्ड साइटमा बिसर्जन गरिरहे पनि त्यहाँ राख्ने स्थान नहुँदा अर्को स्थानका रुपमा बञ्चरे डाँडालाई बिसर्जनको गन्तव्य बनाएको छ। तर, आवश्यक संरचना नै निर्माण नगरी सरकारी पक्षले फोहोर फाल्न लागेको भन्दै स्थानीयहरुले त्यसको बिरोध गरिरहेका छन्। स्थानीयहरुले आफूसँग भएका ५ बुँदे माग लागू भएमात्र बञ्चरे डाँडामा फोहोर फाल्न दिने नत्र सरकारको प्रतिवाद गर्न पछि नहट्ने चेतावनी दिएका छन्।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.