Advertisement

भित्रिएको एक वर्षसम्म पार्किङमै थन्कियो रेल

0 1,108

Advertisement

०२ असाेज,  काठमाडौं । जनकपुरको कुर्थाबाट जयनगरसम्म चलाउन भनेर नेपालमा रेलभित्र भित्र्याएको शनिबार एक वर्ष पुगेको छ । भारतले विस्तार गरिदिएको ब्रोडगेज रेलमार्गको हाइ स्पिड (उच्च गति) परीक्षण भइसक्दा पनि करिब एक अर्बमा किनेर ल्याएको रेल चलाउन सरकारले चासो दिएको छैन । २०७७ असोज २ गते नेपाल आएका रेलहरु अहिले धनुषाको इनर्वामा खुला आकाशमुनि पार्किङमा छ । रेललाई सुरक्षित गर्न लगाइएको त्रिपाल फटेर धुजा-धुजा भइसक्दा पनि रेलले सेवा दिन थालेको छैन ।

नेपाल रेल्वे कम्पनीले जिम्मा पाएपनि कहिले कर्मचरी त कहिले कानुनको अभावको कारण देखाएर रेल चलाइएको छैन । पार्किङमा राख्दा रँखै नयाँ रेलमा खयिा लाग्न थालिसकेको छ ।

करसहित करिब १ अर्ब बढी रकम खर्चेर ल्याएको रेल तत्कालकै अवस्थामा चल्न नसक्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

सरकारले ल्याएको रेल्वे अध्यादेश संसदमा टेबल भएपनि पास नहुँदै निष्क्रिय बनेको छ । केपी ओली नेतृत्वको तत्कालीन सरकारले रेल चलाउने वातावरण बनाउन राष्ट्रियसभाले संशोधन गरेको रेल्वे विधेयकको मस्यौदालाई रेल्वे अध्यादेशका रुपमा ल्याएको थियो ।

कानुनको अभावमा रेल चलाउन नसकिने भएपछि संसद विघटनपछि ओली नेतृत्वको सरकारले संसदमा पेश भएकै विधेयकलाई कानूनमा रुपमा अध्यादेश बनाएर जारी गरेको थियो ।

रेल चलाउन नेपाल रेल्वे कम्पनीले भारतबाट प्राविधिक जनशक्ति ल्याउन समझदारी गरिसकेका । ज्यालादारीमा करिब २०० कर्मचारी भर्ना गरिए पनि तत्काल रेल चल्ने अवस्था नहरेको भन्दै कम्पनीले ती ज्यालादारी कर्मचारीलाई हाजिरीमा रोक लगाएर सेवाबाट हटाएको छ ।

अन्तरदेशीय रेलमार्ग भएकाले भारत पनि रेल चलाउन सहमत हुनुपर्छ । स्पिड टेस्ट सकिएकाले अब भारतले विस्तारित रेलमार्गको हस्तान्तरण गर्नुपर्ने हो । रेल सञ्चालनका लागि स्टान्डर्ड अपरेटिङ प्रोसिड्योर पनि दुई देशबीच आदानप्रदान हुनुपर्छ । महामारीकालमा रेल चलाउने प्रोटोकल पनि आवश्यक पर्ने अवस्था छ ।

भौतिक पूर्वाधार मन्त्रालयका सचिव रवीन्द्रकुमार श्रेष्ठ रेल चलाउन सकिने अवस्था भ्एपनि केही तयारीको काम बाँकी रहेको बताउँछन् । ‘मन्त्रालयमा मन्त्रीज्यु नियुक्त भएर आउनुभएपछि आवश्यक कानुनी व्यवस्थासहितका तयारी अघि बढाउँछौं,’ उनले भने,‘अहिले पनि कम्पनीले आपनो तवरबाट काम गरिरहेको छ ।’ उनले भाडा तय गर्ने सहितका काम सकिएको बताए ।

भारत सरकारले करिब ९ अर्ब रुपैयाँको लगानीमा जनगरबाट बर्दिबाससम्म रेलमार्ग बनाउने जिम्म लिएको छ । जनकपुरसम्मको ब्रोडगेज रेलमार्ग तयार भएको तीन वर्ष बितिसक्यो । तर, किनेको रेल समेत चलाउन सकस परेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.