Advertisement

१,५५८ सङ्क्रमित थपिए, १,३५१ सङ्क्रमण मुक्त

0 532

Advertisement

०१ असोज, काठमाडौं । विगत २४ घण्टामा एक हजार ५५८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १२ हजार ३८५ जनामा परीक्षण गरिएकामा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको छ ।

नेपालमा सङ्क्रमण दर १९.२ प्रतिशत पुगेको छ । सक्रिय सङ्क्रमित २५ हजार ४९७ जना छन् । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला १० र २०० भन्दा बढी सङ्क्रमित भएका जिल्ला २० पुगेका छ । आज एक हजार ३५१ जना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म सात लाख ४६ हजार ५६६ कोरोना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९५.३ प्रतिशत छ ।

सङ्क्रमणबाट आज एकै दिन १० जनाको मृत्यु भएको छ । हालसम्म सङ्क्रमणबाट ११ हजार १२ जनाको मृत्यु भएको छ । नेपालमा प्रतिदश लाखमा ३७१.२ जनाको सङ्क्रमणबाट मृत्यु भएको छ । त्यस्तै ३८६ जना सघन उपचार कक्ष (आइसियु), ११७ भेन्टिलेटर, २३ हजार ९५० होम आइसोलेशन, एक हजार ५४७ संस्थागत आइसोलेशन र २३६ जना क्वारेन्टिनमा छन् ।

आज ६० हजार १५९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । हालसम्म ६० लाख ८३ हजार १२४ जनाले पहिलो मात्रा र ५४ लाख सात हजार ३८० ले पूर्णमात्रा खोप लगाइसकेका छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.