Advertisement

अजय देवगनले चारसय करोडको फिल्म बनाउने

0 889

Advertisement

३१ भदाै, ए्रजेन्सी । बलिउड अभिनेता अजय देवगन ‘तान्हाजी द अनसङ्ग वारियर’ र ‘भुजः द प्राइड अफ इन्डियन’ जस्ता ठूला बजेटका फिल्म बनाउनका लागि परिचित छन् । अभिनेता आजकाल आफ्नो एक्सन फ्लिक ‘मेडे’ मा काम गरिरहेका छन् । यस्तोमा अजय देवगनको विषयमा अर्को एउटा खबर सार्वजनिक भएको छ । अजय देवगनले आफ्नो ड्रीम प्रोजेक्टमा काम सुरु गरेको बताइन्छ । यो फिल्मलाई अजय देवगनले ४ सय करोडकामे बजेटसहित बनाउनेछन् ।

अजय देवगनको एक नजिकको स्रोतले पिंकभिल्लालाई भने, ‘अजयको दिमागमा यो विषय निकै लामो समयदेखि थियो र उनले अब यो बनाउनका लागि कदम उठाएका छन् । अजय देवगनले आफ्नो भिजन र बेसिक प्लटलाई थुप्रै लेखकसँग साझा गरेका छन् । यसको स्क्रिनप्लेमाथि काम पनि सुरु भएको छ । फिल्ममा उत्कृष्ट भीएफएक्स र व्यापक इमोशन हुनेछ । अभिनेता यसमाथि अनुसन्धान गर्नका लागि निकै उत्साहित छन् । यो पिरियड फिल्म होइन । यद्यपि, स्क्रिप्टको अन्तिम नतिजामा प्रोजेक्ट निर्भर हुन्छ ।’

अजयका साथै एनवाई भिएफएक्सवालामा उनको टीम पनि यस्तो प्रकारको ठूलो प्रोजेक्ट गर्नका लागि उत्साहित छ । यद्यपि, यो प्रोजेक्टको भविष्य कोरोनाभाइरसमा पनि निर्भर हुन्छ । यो फिल्मको प्रोजेक्ट केही क्षमतावान् लेखकद्वारा लेखिँदैछन् । स्रोतका अनुसार हाल अनुमानित बजेट ४०० करोड भारुभन्दा माथि छ । स्क्रिप्टको आवश्यकता अनुसार यो बजेट थप बढ्न सक्छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.