Advertisement

साहस उर्जाको आईपीओ अगामी असोज ६ गतेबाट निष्काशन हुने

0 649

Advertisement

३१ भदौ, काठमाडौं । साहस उर्जाले अगामी असोज ६ गतेदेखि प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) निष्काशन गर्ने भएको छ । पहिलो चरणमा स्थानिय तथा आयोजना प्रभावितलाई सेयर निष्काशन गरिसकेको संस्थाले दोश्रो चरणमा सर्वसाधारणलाई सेयर जारी गर्न लागेको हो ।

कम्पनीले सो दिनदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ७० लाख कित्ता अर्थात ७० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो । जसमध्ये ३ प्रतिशत अर्थात २ लाख १० हजार कित्ता सेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । र, बाँकी रहेको ६४ लाख ४० हजार कित्ता सेयरमा भने सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

इच्छुकले असोज ६ गतेदेखि असोज १० गतेसम्म आवेदन दिन सक्नेछन् । उनीहरुले न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख ५० हजार कित्तासम्मको सेयरको लागि आवेदन दिन सक्नेछन् ।

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । उक्त सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

त्यस्तै, आईपीओ निष्काशनका लागि कम्पनीले इक्रा नेपालबाट इक्राएनपि आईआर डबल बी प्लस रेटिङ्ग पाएको छ । जसले वित्तीय दायित्व पुरा गर्नमा कम्पनी मध्यम जोखिम रहेको भन्ने जनाउनेछ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.