Advertisement

सुनका गहनासहित दुई पक्राउ

0 615

Advertisement

३० भदौ, काठमाडौं । नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन किलोग्राम ३६० ग्राम सुनका गरगहनासहित दुई जनालाई पक्राउ गरेको छ ।

काठमाडौँबाट विराटनगर जान लागेको श्री एयरलाइन्सको उडान चेकजाँचका क्रममा उक्त गरगहनासहित कैलाली वदगोरिया गाउँपालिका–१ का ३० वर्षीय बोधराज भण्डारी र धनुषा जनकपुर उपमहानगरपालिका–२ का ४७ वर्षीय मुरारीराज अधिकारीलाई सोमबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

भण्डारी र अधिकारीको ब्याग एक्सरे मेसिनमा चेक गर्ने क्रममा रु दुई करोड २४ लाख ९२ हजार ३९७ मूल्य बराबरको सुन बरामद भएको विमानस्थल सुरक्षा प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीले भण्डारीको साथबाट २२ क्यारेटको ५१५ ग्राम सुनका विभिन्न गहना र अधिकारीको साथबाट २४ क्यारेटको ५९७ ग्राम, २२ क्यारेटको एक हजार ५५२ ग्राम तथा पत्थर जडित १४ क्यारेटको ६९६ ग्राम सुनका विभिन्न गहना बरामद गरेको छ । पक्राउ व्यक्तिलाई आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीका लागि ललितपुरस्थित राजस्व अनुसन्धान विभाग, हरिहरभवन, पुल्चोकमा पठाइएको प्रहरीले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.