राप्तीमा पूर्वाधार क्षेत्रको प्रगति समिक्षा योजनाबद्ध तरिकाले कार्य सञ्चालन गर्न सुझाव

0 592

तिर्थराज ज्ञवाली
३० भदौ, मसुरीया(देउखुरी,दाङ) ।
राप्ती गाँउपालिका पूर्वाधार विकास तथा भवन नियमन शाखाको प्रगति समिक्षा गरिएको छ ।
गत वर्षको वार्षिक प्रगति समिक्षा गर्दै यस आर्थिक वर्षमा शत प्रतिशत उपलब्धि हासीलगर्न योजनाबद्ध तरिकाले कार्य सञ्चालन गर्न सुझाव समेत प्रदान गरिएको छ ।


इन्जिनियर अशोक बेल्वासेले प्रस्तुत गर्नु भएको प्रगति प्रतिबेदन अनुसार गत आर्थिक वर्षमा कोभिड १९ को प्रभावका कारण शत प्रतिशत कार्य सम्पन्न गर्न कठिन भएको जानकारी गरिएको छ ।


कोभिड १९ को विकराल अवस्थामापनि पुर्वाधार विकास तथा भवन नियमन शाखाको सक्रियतामा अधिकाम्स निर्माण कार्य सम्पन्नगर्न कर्मचारी, उपभोक्ता समिति, जनप्रतिनिधि तथा स्थानिय नागरिकहरुको सहयोग प्राप्त भएकोले बताईएको छ ।


गत आर्थिक वर्षको विकराल अवस्थामा समेत राप्ती गाउँपालिकाको गौरवको योजना मध्यको एक राप्ती रीङ रोडमा कालोपत्रे ८.५ किलोमीटर निर्माण सम्पन्न भएको र नयाँ ट्रायाक ५ किलोमीटर खोलीएकोे छ ।


गाउँपालिका प्रशासनिक भवनको भौतिक प्रगती ८० प्रतिशत र वडा कार्यालय भवन ५ वटा सम्पन्न तथा २ वटा निर्माणाधिन रहेको जानकारी गरिएको छ ।


समिक्षा कार्यक्रमममा राप्ती गाउँपालिकाको गौरवको योजनाहरु गाउँपालिका भित्र उत्तर दक्षिण जोड्ने लिङ्क रोड-५ वटा, आपखोली बगाशोती सडक-वडा नं.-१, हर्सेडाडा खुरुरीया सडक-वडा नं.-२, श्रीनारायण चोक देखि भानपुर बसान्तापुर सडक-वडा नं. -४,३,७, सिसहनिया महदेवा सडक वडा नं. -५,७, बगरापुर सगरापुर पत्थरगढवा पहरवा भुल्के सडक-वडा नं. -५,६ मा पर्ने क्षेत्रमा ट्रयाक खोल्ने कार्य सम्पन्न गरि कालोपत्रे कार्य -३ किलोमिटर गत वर्षमा सम्पन्न गरिएको जानकारी गरिएको छ साथै आर.सि.सि. पुल २ वटा पत्थरगढवा र दोलाई खोलामा अन्तिम चरणमा रहेको जानकारी गरिएको छ ।


राप्ती गाँउपालिका पुर्वाधार विकास तथा भवन नियमन शाखाको प्रगति समिक्षा कार्यक्रममा योजना संचालनमा देखिएका समस्याहरुको बारेमा समेत जानकारी गरिएको छ ।


योजना छनोटमा गाउपालिकाको आवधिक योजनालाई समेट्न नसक्नुु, योजनाहरुमा डिजाईन तथा ईस्टिमेट अनुसार उचित बजेटको व्यवस्था हुन नसक्नु, पालिकाको गौरबको योजनाहरुमा उचित बजेटको व्यवस्था गर्न नसक्नु, उपभोक्ता समितिबाट हुने काममा उपभोक्ताहरुले श्रमदान र लागत सहभागितालाई कागजमा मात्र सिमित गर्नु उपभोक्ता समिति मार्फत हुने कार्यहरुमा स्थानिय उपभोक्ता मार्फत ठेकेदार प्रयोग गर्नु, लागत ईष्टिमेट तयार भई साथमै हुदा पनि त्यसलाई नहेर्नु र नसोध्नु आफ्नै तरिकाले काम गर्नु, जग्गाको विवादले गर्दा निर्माण कार्य गर्न कठिनाई हुनु, जथाभावी निर्माण सामाग्रीको प्रयोग गर्नु, दक्ष कामदारहरुको अभाव हुनु, काम कम भई भुक्तानी कम भएकोमा प्राविधिकलाई दोषी देख्नु, निर्माण ब्यवसायीहरु सँग साधन श्रोतको कमी हुनु र अस्वस्थ प्रतिस्पर्धा हुनु योजना संचालनमा देखिएका समस्या रहेको जानकारी गरिएको छ ।
राजनैतिक पार्टि, गाउँ सभा सदस्यहरु, स्थानिय सरोकार वाला सहितको समिक्षामा योजना संचालनमा देखिएका समस्याका रुपमा वितरणमुखि तथा न्युन बजेटका अधिक योजनाहरु हुनु र आर्थिक बर्षको अन्त्यमा कामको अत्यधिक चाप हुनाले अनुगमनमा समस्या हुनु, उपभोक्ता समिति मापसर््त हुने कार्यमा भारी उपकरण प्रयोग गर्न नपाईनु, सम्झौता नभई काम सुरु गर्ने र प्राविधिक सरसल्लाह विना गरिएको कामको भुत्तसनीको लागि चारैतिर बाट दवाव दिने काम हुनु रहेको जानकारी गरिएको छ ।


गत आर्थिक वर्षको समिक्षा गर्दे कार्यक्रममा जथाभावी निर्माण सामाग्रीको प्रयोग गर्नु, दक्ष कामदारहरुको अभाव हुनु, काम कम भई भुक्तानी कम भएकोमा प्राविधिकलाई दोषी देख्नु, निर्माण ब्यवसायीहरु सँग साधन श्रोतको कमी हुनु र अस्वस्थ प्रतिस्पर्धा हुनु, वितरणमुखि तथा न्युन बजेटका अधिक योजनाहरु हुनु, आर्थिक बर्षको अन्त्यमा कामको अत्यधिक चाप हुनाले अनुगमनमा समस्या हुनु, उपभोक्ता समिति मापसर््त हुने कार्यमा भारी उपकरण प्रयोग गर्न नपाईनुका कारण योजनाहरु पुणर् रुपमा उत्कृष्ट बनाउन नसकिएको निकर्ष निकालीएको छ ।
राप्ती गाउँपालिका पुर्वाधार विकास तथा भवन नियमन शाखाका अनुसार सम्झौता नभई काम सुरु गर्ने र प्राविधिक सरसल्लाह विना गरिएको कामको भुक्तानीको लागि चारैतिर बाट दवाव दिने काम हुनु पनि एक प्रमुख समस्याको रुपमा लिईएको छ ।


समिक्षा कार्यक्रममा आगामी वर्षमा पुर्वाधार विकास तथा भवन नियमन शाखाको कार्य प्रगतिलाई शत प्रतिशतमा लैजान गाउँपालिकाको आवधिक योजनालाई मध्यनजर गर्दै योजना छनोट तथा बजेट व्यवस्थापनमा जोड दिनु पर्ने, बजेट अनुसारको योजना भन्दा योजना अनुसारको बजेटमा जोड दिनुपर्ने, निरन्तर स्थलगत अनुगमन गर्नु पर्ने, निर्माण सामग्रीको प्रयोगमा विशेष सजगता अपनाउनु पर्ने र निर्माण कार्यलाई गुणस्तरीय कायम गर्नका निम्ति दक्ष प्राबिधिक कार्मचारी सहित निर्माण प्रयोगशालाको व्यवस्था गर्नु पर्नेमा जोड दिईएको छ ।
भवन तथा बस्ती विकास शाखा समिक्षा कार्यक्रममा पुर्वाधार विकास तथा भवन नियमन शाखाको मातहतमै रहेको भवन तथा बस्ती विकास शाखाको प्रगती प्रतिबेदन समेत पेश गरिएको छ ।


शाखाका सव ईन्जिनियर प्रदिप प्रसाद बैदिकले प्रस्तुत गर्नु भएको प्रगती प्रतिबेदन अनुसार घर नक्शा पास तथा अभिलेखिकरण र अन्य काम अन्तरगत नयाँ घर नक्सा पास १ वटा, घर नक्सा अभिलेखिकरण १ सय ६ वटा, डि.पि.आर तयार ६ वटा र जग्गा नापी ८० कित्ता भएको जनाईएको छ ।


सव ईन्जिनियर प्रदिप प्रसाद बैदिकका अनुसार घर नक्शा पास तथा अभिलेखिकरणमा आम नागरिकहरुमा घर नक्शा पास गर्न कुनै उत्साह नदेखिएको, घर नक्शा पास नगराई धमाधम निर्माण कार्य भइ रहेको, बैँक प्रयोजनको लागि मात्रै घर नक्शा अभिलेखिकरण तथा पास गर्ने गरेको, नक्शा पास गरेर घर बनाउँदा भस्ँभस्टिलो हुन्छ र लागत पनि बढी लाग्छ भन्ने आम बुझाई रहेको, भुकम्प प्रतिरोधी घर बनाउन सक्ने दक्ष मिस्त्री नहुँदा सुरक्षित आवास बनाउन कठिनाई भएको, घरनक्सा अभिलेखिकरणमा स्पस्ट कानुन तथा निर्देशिकाको कमि देखिएको र प्रदेश सरकारबाट स्थाई राजधानी घोषणा पछि नया बनाउने स्थाई संरचनामा रोक लगाउदा समेत उक्त निणर्यलाई उचित कार्यान्वयन गराउन समस्या देखीएको छ ।


राप्ती गाउँपालिका पुर्वाधार विकास तथा भवन नियमन शाखाले आईपरेका समस्या समाधानका लागि पहल समेत सुरु गरेको छ ।
समय तोकी घर नक्शा अभिलेखिकरण गर्नका लागि सुचना आव्हान गरिएका, अनिवार्य नक्शा पास गरी घर बनाउनको लागि सबै वडामा पत्राचार गरिएको तथा हाललाई प्रदेश सरकारबाट स्थाई संरचना निर्माणमा रोक लगाईएको हुदा नक्सा पास कार्यलाई रोकिएको, भवन निर्माण मापदण्ड लागु हुन भन्दा पहिले बनेका संरचना लाई अभिलेखिकरणको प्रकृयामा ल्याउन राजस्व शुल्कमा ५०% सम्म छुटको व्यवस्था गरीएका, २०७७ अषाढ मसान्ता सम्म निर्माण सम्पन्न भएका घर तथा स्थाई संरचनालाई बिभिन्न समयावधि तोकि २५, ५० तथा १००% सम्म जरीमाना शुल्क लिई अभिलेखिकरणको प्रकृयामा ल्याईएको बताईएको छ ।


पुर्वाधार विकास तथा भवन नियमन शाखाले आगामी दिनमा यस गाउँपालिका भित्र बन्ने स्थाई संरचनालाई अनिवार्य नक्सा पासको व्यवस्था लाई कडाईका साथ लागु गर्नु पर्ने, घर नक्शा पास नगरी घर निर्माण गर्ने घर धनीहरुलाई गाउँपालिकाबाट प्रदान गरिने सेवा सुविधा बाट बन्चित गर्ने, निर्धारित समयमा घर नक्शा अभिलेखिकरणको प्रकृयामा नआउने घर धनिलाई गाउँपालिकाबाट प्रदान गरिने सेवा सुविधा बाट बन्चित साथै भवन निर्माण मापदण्ड समयानुकुल संसोधन गर्ने योजना बनाएको छ ।


राप्ती गाउँपालिका सामाजिक विकास समिति संयोजक विद्याशरण चौधरीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिको प्रमुख आथित्यता, उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजालको विशिष्ट आथित्यतामा पुर्वाधार विकास तथा भवन नियमन शाखाको प्रगति समिक्षा गरिएको हो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.