नेप्सेमा ३ लाख ६५ हजार कित्ता शेयर सूचीकृत
३० भदौ, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बुधबार एक कम्पनीको शेयर सूचीकृत भएको छ । बुधबार नेप्सेमा नेरुडे लघुवित्त वित्तिय संस्था लिमिटेडको बोनस शेयर सूचीकृत भएको हो ।
नेप्सेका अनुसार नेरुडे लघुवित्त वित्तिय संस्था लिमिटेडको ८ प्रतिशत बोनस वापतको ३ लाख ६५ हजार ८३५ दशमलब २४ कित्ता शेयर सूचीकृत भएको छ ।