Advertisement

दसैंको लागि नयाँ नोट असोज ४ गतेदेखि पाइने

0 592

Advertisement

३० भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले दसैंका लागि नयाँ नोट असोज ४ गतेदेखि पाइने जनाएको छ । केन्द्रिय बैंकबाट क वर्गको इजाजतप्राप्त बैंकले तोकेका शाखाबाट तथा राजधानी बाहिर राष्ट्र बैंकको प्रादेशिक कार्यालयबाट नयाँ नोट सटही गर्न पाइने राष्ट्र बैंकले बुधबार एक सूचना जारी गरेर जानकारी दिएको हो ।

राष्ट्र बैंकले जारी गरेको सूचनामा भनिएको छ– बडा दसैं २०७८ को अवसरमा कोरोना भाइरसको संक्रमण जोखिम समेतलाई दृष्टिगत गरी काठमाडौं उपत्यकाभित्रको हकमा मिति २०७८।०६।०४ गतेदेखि यस बैंकबाट इजाजतपत्रप्राप्त वाणिज्य बैंकहरुका तोकिएका शाखा कार्यालयहरुमार्फत् समेत नयाँ नोट सटहीको सुविधा प्रदान गर्ने व्यवस्था मिलाइएको हुँदा वाणिज्य बैंकले तोकेको नजिकको शाखा कार्यालयमा गई नोट सटही गर्नु हुन सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।

साथै, काठमाडौं उपत्यकाबाहिरको हकमा यस बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकले तोकेको आफू नजिकको शाखा कार्यालयमा गई नोट सटहीको सुविधा लिन सकिने बैंकले जनाएको छ । यसरी नोट सटही गर्न जाँदा नेपाल सरकार तथा स्थानीय प्रशासनले तोकेका स्वास्थ्य सम्बन्धी मापदण्ड तथा सामाजिक दुरीको पूर्ण पालना गर्नु समेत बैंकले अनुरोध गरेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.