Advertisement

दसैँ–तिहारका लागि असोजको पहिलो सातादेखि अग्रिम हवाई टिकट बुकिङ खुल्ला हुने

0 477

Advertisement

३० भदौ, काठमाडौं । यसपालिको दसैँ,तिहार तथा छठका लागि हवाई सेवा तर्फको अग्रिम टिकट बुकिङ असोजको पहिलो सातादेखि खुल्ला हुने करिब पक्कापक्की भएको छ । यात्रुको चापका आधारमा भदौदेखि नै अग्रिम टिकटको गृहकार्य गरिरहेको वायुसेवा सञ्चालक संघले असोजको पहिलो सातादेखि नै अग्रिम टिकट बुकिङ खुल्ला गर्ने तयारी गरेको हो ।

यद्यपि, सरकारको तर्फबाट भने हालसम्म पनि टिकट बुकिङ खुल्ला गर्ने बारे आधिकारिक धारणा आइसकेको छैन । जसले गर्दा अग्रिम टिकट बुकिङ खुल्ला गर्ने सम्बन्धमा आफूहरू रोकिन पुगेको वायुसेवा सञ्चालक संघले जनाएको छ । तर, अबको एक दुई दिनमा नै सो बारे निर्णय हुने र अग्रिम टिकट बुकिङ खुल्ला गरिने संघका प्रवक्ता योगराज कँडेलले रातोपाटीसँग बताए ।

‘दसैँ–तिहारको अग्रिम हवाई टिकट बुकिङको सम्बन्धमा वायुसेवा सञ्चालक संघले आन्तरिक तयारी गरिरहेको छ तर सरकारबाट निर्णय आएको छैन । सम्भवत अबको एक दुई दिनभित्रै यसको निर्णय हुन्छ र हामी टिकट बुकिङ खुल्ला गर्छौ’ कँडेलले भने ।

त्यसो त भदौ अन्तसम्म पनि वर्षात् नरोकिएका कारण स्थल मार्ग (सार्वजनिक यातायात) तर्फ ठाउँ ठाउँमा अवरोध आउँदा त्यसको प्रत्यक्ष चाप हवाई सेवामा परेको र अहिले नै सर्वसाधारण यात्रुहरूलाई नियमित उडानकै लागि टिकट पाउन मुस्किल परिरहेको कँडेलको भनाई छ ।

यस्तो समस्या ठूला जहाज चल्ने रुटमा परिरहेको कँडेलको भनाई छ । काठमाडौँ–पोखरा, काठमाडौँ–भैरहवा, काठमाडौँ–नेपालगञ्ज, काठमाडौँ–वीरेन्द्रनगर लगायतका रुटहरूमा यात्रुहरूको उच्च चाप देखिएको उनले बताए । जसले गर्दा यस पटकको दसैँ तिहारमा समेत हवाई यात्रुहरूको उच्च चाप पर्ने देखिएको उनको भनाई छ ।

साथै, ट्रङ्क रुट (साना, न्यारो बडी जहाज जाने) कर्णाली, लुक्ला, सिमिकोट, रामेछाप लगायतका क्षेत्रमा जाने जहाजमा पनि यस्तै चाप पर्ने देखिएको कँडेलले बताए ।

हाल डोमेष्टिक (आन्तरिक) उडान तर्फ १३ कम्पनीका ४८ उडान मार्फत दैनिक १५० माथिको नियमित उडान हुँदै आएको छ । यसमा थप चार्टर उडानका लागि हेली सेवा समेत सञ्चालनमा रहेको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.