Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

‘भाइब्रेसन’ ले आइफोनको क्यामेरा बिगार्ने एप्पलको चेतावनी

0 105

३० भदाै, बीबीसी । शक्तिशाली मोटरसाइकलहरुबाट उत्पन्न हुने खराब ‘भाइब्रेसन’ बाट आइफोन प्रयोगकर्ताहरुलाई सावधान रहन एप्पलले चेतावनी दिएको छ । यसले आइफोनको क्यामेरा प्रणालीमा क्षति पुर्याउने कम्पनीको भनाइ छ ।

यसअघि ‘म्याक रुमर्स’ ले यो समसया पहिचान गरि डक्युमेन्ट सार्वजानिक गरेको थियो र त्यसैको समर्थनमा एप्पलले यस्तो चेतावनी जारी गरेको छ । यसमा शक्तिशाली मोटरबाइकमा आइफोन जडान नगर्न भनिएको छ ।

इन्जिन भाइबरेसनले फोनको ‘अप्टिकल–इमेज स्टेबिलाइजेसन’ लाई बिगार्न सक्छ । त्यो भनेको फोनबाट लिइने तस्बिरको गुणस्तरमा सुधार ल्याउन डिजाइन गरिएको प्रणाली हो । त्यसैले स्कुटर या बाइक चालकहरुले फोन जडान गर्दा त्यसमा भाइबरेसन कम गर्ने डिभाइस राख्नुपर्ने सुझाव दिइएको छ ।

ठूलो आवाज निकाल्ने मोटरसाइकल इन्जिनहरुबाट अत्यन्तै उच्च स्तरको भाइबरेसन उत्पन्न हुन्छ जुन फ्रेम र ह्यान्डलबार मार्फत फोनसम्म पुग्न सक्छ । यसरी उच्च स्तरको भाइबरेसनसँग सिधा सम्पर्कमा आउँदा यसले क्यामरा प्रणालीको क्षमतामा गिरावट ल्याउँछ जसले तस्बिर र भिडियोका गुणस्तर घटाइदिनेछ । यसको सबैभन्दा उपयुक्त समाधान भनेको सकेसम्म मोटरबाइकमा आइफोन जडान नगर्नु रहेको बताइएको छ ।

यसअघि सामाजिक संजाल मार्फत धेरै मानिसहरुले मोटरसाइकलमा जडान गरेपछि आफ्नो फोन बिग्रिएको गुनासो गरेका थिए । र एप्पलका अनुसार आइफोनका मोडल पनि त्यस किसिमको क्षतिप्रति संवेदनशील छन् ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.