Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

इजरायल जान लिइएको भाषा परीक्षाको नतिजा सार्वजनिक (नतिजासहित)

0 62


३० भाद्र, काठमाडौं । इजरायल जानका लागि लिइएको भाषा परीक्षामा २ हजार २९ जना उत्तिर्ण भएका छन् । इजरायलबाट केयरगिभरका लागि नेपाली कामदारको माग आएपछि भाषा परीक्षा लिइएको थियो । उक्त परीक्षामा ७ हजार नौ जना सामेल भएका थिए ।

जसमा २ हजार भन्दा बढीको नाम निस्कीएको बैदेशिक रोजगार विभागले जनाएको छ । इजरायल जानका लागि अंग्रेजी भाषा अनिवार्य छ । उत्रिण भएका परीक्षार्थीहरुबाट १ हजार नेपाली कामदार छनौट हुनेछन् ।

उत्रिण भएका सबैलाई अब उचाइ र तौल जाँच गरिने बताइएको छ । उक्त परीक्षणका लागि असोज, १, २ र ३ गते बिहान र दिउँसोको समय निर्धारण गरिएको छ । यो क्रम पार गरेपछि उनीहरुको अन्तर्वार्ता असोज ४ गतेदेखि ९ गतेसम्म हुने विभागले बताएको छ ।

सो चरण पनि पार गरेका परीक्षार्थीहरुको अंक तालिकासहितको विवरण इजरायको निकायमा पठाइने र त्यहाँबाट नतिजा प्रकाशन गरिनेछ । यसरी इजरायल जाने नेपाली कामदारको २५ वर्ष उमेर पुरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ ।

त्यस्तै उचाइ कम्तीमा एक दशमलव पाँच मिटर अर्थात चार दशमलव नौ फिट हुनुपर्नेछ । साथै तौल पनि कम्तिमा ४५ केजी हुनुपर्ने उल्लेख गरिएको छ ।

हेनुस् नतिजा



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.