Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

एमाले एक ढिक्का छ : रावल

0 102

३० भदाै, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीमबहादुर रावलले एमाले विभाजन रोक्नका लागि नै १० बुँदे सहमति भएको बताउनुभएको छ ।आज धनगढीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले १० बुँदे सहमति कार्यान्वयन भएर एमाले एक ढिक्का हुने बताउनुभयो । उहाँले जनताको भावना र कम्युनिष्ट आन्दोलन सम्झेर नै १० बुँदे सहमति भएकाले सो सहमतिअनुसार देशका धेरै जिल्लामा कार्यान्वयन भएको जिकिर गर्नुभयो ।

फरक प्रसङ्गमा उहाँले अहिले एमालेमा आएको समस्या ०५४ सालको पार्टी फुटभन्दा सानो भएकाले यसबाट पार्टीलाई धेरै ठूलो समस्या नहुने बताउनुभयो । एमाले छोडेर नेकपा (एकीकृत समाजवादी) बनेको पार्टीले एमसीसीबारे आफ्नो प्रष्ट धारणा नल्याएको उहाँको भनाइ छ । उहाँले नेकपा (एकीकृत समाजवादी) मा लाग्न विकास योजना र पद दिन खोजिएको उल्लेख गर्दै उहाँले आफूहरु पद, प्रतिष्ठाका लागि कम्युनिष्ट नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “कतिपयलाई कांग्रेससित मिलेर ठूलो पार्टी हुने आशा छ तर त्यस्तो सम्भव छैन ।”उहाँले आफू अहिले पनि एमाले पार्टीको उपाध्यक्ष र प्रदेश संयोजक भएको दाबीसमेत गर्नुभयो । रावल आफ्नो गृह जिल्ला अछामसहितका जिल्ला भ्रमणका लागि यहाँ आइपुग्नुभएको हो ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.