Advertisement

पत्रकारको निःशुल्क दुर्घटना बिमा

0 440

Advertisement

२९ भदाै, काठमाडाैँ । नेपाल पत्रकार महासङ्घ पाल्पाले पत्रकारको निःशुल्क दुर्घटना बिमा गरेको छ । शाखामा आबद्ध सदस्य तथा कर्मचारी गरी १०१ जनाको दुर्घटना तथा उपचार खर्च बिमा गरिएको हो ।

महासङ्घद्वारा प्रत्येक पत्रकारको रु एक लाख बिमाङ्कको दुर्घटना बिमा र रु १० हजार बराबरको उपचार खर्चसहितको बीमा गरिएको महासङ्घका अध्यक्ष रेखिराम रानाले बताउनुभयो । महासङ्घले सेवा प्रदायक कम्पनी सगरमाथा इन्स्योरेन्स कम्पनीसँग बिमा सम्झौता गरेको छ ।

बीमित व्यक्ति बिरामी भई उपचार गर्दा लागेको खर्चमा अधिकतम् रु १० हजार खर्च कम्पनीले बेहोर्ने छ भने कुनै पत्रकारको दुर्घटनामा परी मृत्यु भएमा रु एक लाख कम्पनीले उपलब्ध गराउने महासङ्घका कोषाध्यक्ष मुक्तिप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.