Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

‘स्याड सन्डे’ संसारकै निराशावादी गीत, जसलाई सुनेर कैयौंले गरे आत्महत्या !

0 133

२९ भदौ, काठमाडौं । गीतले मानिसको मुड ठीक बनाउँछ । यदि कसैको मुड ठीक छैन भने राम्रो गाना सुने मनलाई आराम मिल्छ । संगीतकारहरुले पनि अलग-अलग मुडका गीत बनाएका छन् रोमान्टिकदेखि स्याडसम्म । यदि कसैको दिल टुटेको छ भने ऊ ‘स्याड सङ’मा रमाउँछ । नयाँ-नयाँ प्रेममा मानिसहरु रोमान्टिक गीत नै रुचाउँछन् ।

साधारणत: के मानिन्छ भने गीत सुनेपछि मानिसको मुड ठीक हुन्छ । यदि कोही उदास छ भने पनि गीतले उसलाई फ्रेस बनाइदिन्छ ।

स्याड सन्डे वा ग्लुमी सन्डे शीर्षकको गीत एक समय निकै चर्चामा थियो । यो प्रेम गीत सन् १९३३ मा संगीतकार रेजसो सेरेजले तयार पारेका थिए । भनिन्छ उक्त गीतमा गहिरो प्रेम पीडा थियो । त्यसैले यो गीत सुन्नेहरु आत्महत्यासम्म गर्थे । धेरै मानिस यो गीत सुनेर रुन्थे, अनि मन थाम्न नसक्नेहरु आत्महत्याको निर्णय लिन्थे । यो गीत सुनेर आत्महत्या गर्नेहरु बढ्न थालेपछि सन् १९४१ मा यसमाथि प्रतिबन्ध नै लगाइयो । स्थिति कहाँसम्म पुग्यो भने यो गीतका सारा सीडी र क्यासेटहरु नस्ट गरिए । यो गीतमाथिको प्रतिबन्ध ६२ वर्षपछि २००३ मा आएर हटाइयो ।

वास्तवमा २००३ मा स्याड सन्डे गीतलाई री-कम्पोज गरेर पुन: प्रस्तुत गरिएपछि यसमाथिको प्रतिबन्ध हटेको थियो । यो गीत अहिले युट्युबमा समेत उपलब्ध छ । गीतको रिमेक भर्सन सुनेर मानिसहरु छक्क पर्दै प्रश्न गर्छन्- आखिर यो गीतमा त्यस्तो के थियो जसले सुन्नेहरुलाई आत्महत्यातर्फ प्रोत्साहित गर्थ्यो ।

भनिन्छ यो गीतका गीतकार रेजसो सेरेस आफ्नी प्रेमिकालाई अगाध माया गर्थे तर उनको प्रेम सफल हुन सकेन । आफ्नो यही असफल प्रेमको सम्झनामा उनले यो गीत तयार गरेका थिए ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुको सहयोगमा



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.