Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

एमसीसी सम्झौता बिरुद्ध नेपाल कम्युनिस्ट पार्टी विप्लपद्वारा विरोध

0 170

लक्ष्मण फुयाल

२८ भदौ, काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन खारेजीको माग गर्दै नेकपा माओवादी विपल्व समूहले विरोध सभा आयोजना गरेको छ ।

कार्यक्रम आज काठमाडौं खुलामञ्चमा भएको हो । विरोध सभाको आयोजना नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय समितिकाे गरेको हो ।

राष्ट्रघाती एमसीसी सम्झौता बिरुद्ध बिराेध सभाको रुपमा विषयवस्तु रहेको विरोध सभामा नेकपाका महासचिव नेत्र बिक्रम चन्द (विप्लव)लेकार्यक्रमकाे प्रमुख आतिथ्यता गरेका थिए । साथै विरोधसभामा विभिन्न ठाउँमा भेला जम्मा भै नारा जुलुस सहित १ बजे खुलामञ्चमा आई सभामा परिणत भएको थियो ।

कार्यक्रमकाे सभापतित्व काठमाडौं जिल्ला ईन्चार्ज केन्द्रीय सदस्य माइला लामाले गर्नुभएको थियो ।
कार्यक्रममा उपस्थित अन्य नेताहरुमा
१ खड्क प्रसाद बिश्वकर्मा (प्रकाण्ड) केन्द्रीय उपाध्यक्ष
२ सन्ताेष बुढामगर केन्द्रीय सचिवालय सदस्य
३ धर्मेन्द्र बास्ताेला बिदेश बिभाग प्रमुख
४ हेमन्त प्रकाश वली केन्द्रीय सचिवालय सदस्य
५ नवीन विश्वकर्मा (हितमान) केन्द्रीय सदस्य
६ -क.सिपि गजुरेल – देजमो- संयोजक
७-क. सिपि मैनाली – नेकपा माले -महासचिव
८ -क.आहुति – बैज्ञानिक समाजवादी पार्टी- अध्यक्ष
९ -क. ऋषि कट्टेल – नेकपा -अध्यक्ष
१०-क. कर्णजित बुढाथोकी – नेकपा माके -अध्यक्ष
११ डा. सुरेन्द्र भण्डारी – नेपालका लागी नेपाली- संयोजक लगायत २५ सय जनाकाे सहभागीता रहेकाे थियो ।

हामी देश र जनताको हक हितको लागि लडाई लड्न तयार छौँ : नेत्र विक्रम चन्द (विप्लव )नेकपा महासचिव

कार्यक्रममा नेकपा महासचिव नेत्र विक्रम चन्द (विप्लव )हामी देश र जनताको हक हितको लागि लडाई लड्न तयार छौँ, हामी ३ हजार भन्दा बढि मुद्दा जितेर तपाईं हरूका सामु अहिले आएका छौँ।हामिलाई सासक हरूले प्रतिबन्ध लगाईएको थियो हामीलाई २ महिना मै सिधाउँछु समेत भनिएको थियो तर आज हामी यो अबस्थामा आईपुगेका बताउनुभयो ।

एृमसीसी नेपाली जनताको स्वाधीनता विरुद्धमा छ नेपाली जनताको हक अधिकारका विरुद्धमा छ । नेपाली दलाल पुजिँबादी हरूको संविधान ,न्यायालय ,कानुन केही पनि काम लाग्दैन यी सबै भन्दा पनि माथि हुन्छ यो एमसीसी,यसको पक्षमा एक जना पनि नेपाली जनता छैनन तै पनि यस्लाई किन पास गर्न खोँजिदै छ भन्ने प्रश्न गर्नुभयो ।

एृमसीसी को पैसा वाट देश समृद्ध सुखि हुन्छ भन्ने दलाल पुजिवादिहरू गलत छन । एनसेलले तिर्ने करको विषयमा काँग्रेस ,एमाले ,माओवादि केन्द्र तिनका नेता किन बोल्दैनन हामीलाई सुन्न आएको छ एनसेल ले अझै ६२ अर्व तिर्न बाँकि छ एनसेल का विरुद्ध पनि हामिले संघर्ष गर्नु पर्छ भन्ने विषयमा जोड दिनुभएको थियो ।

विरोध सभामा अन्य नेताले के के भने पूर्ण पाठ

खड्क प्रसाद विश्वकर्मा (प्रकाण्ड)
अमेरिकी शाम्राज्य वाद विरुद्धको मोर्चा नेपाली जनताले खोलेको छ। एमसीसी परियोजनाको रकममा भ्रष्टाचार गर्न र्याल चुवायर बसेका दलालहरूको बारेमा हामिहरूले पहिले देखि नै संघर्ष गर्दै आईराखेका छौ,यो अमेरीक राम्राज्यवादिले विश्व भरका कम्युनिस्ट हरूलाई कमजोर बनाउन खोजिराखेका छन् ।

अमेरीकाले नेपाली संग जोरी नखेले हुन्छ ,नेपालमा नेकपा पार्टी छ एस्ले जनताको लागि संघर्ष गर्दै आईराखेको छ ,देउवा जि लाई हामी भन्छौ यो एमसीसी पास गर्नि भुल नगर्नुस फेरी नेपाली जनताको आन्दोलनको भुमरीमा पर्नु होला ।हाम्रो पार्टीले जनमत संग्रहको माध्यम बाट यी दलालहरू बाट नेपाली जनतालाई उन्मुक्ति दिनेछ ।संसदीय चुनाबलाई खारेज गरेर जनमत संग्रह गर्न आवश्यक रहेको बताउनुभयो ।

डा सुरेन्द्र भण्डारी (नेपालका लागि नेपालिका बरिस्ठ उपाध्यक्ष )

एमसीसीको बिरोधमा यसरी शसक्त उभिनु भएकोमा नेकपा महासचिव विप्लप लाई धेरै धरै धन्यवाद दिन चाहन्छु ,अब यो मुलुकलाई बचाउनको लागि हामी सबै शक्ति एक ठाँउमा आएर संघर्ष गर्न आवश्यक छ,देश रहे पो पार्टी रहन्छ सत्ता रहन्छ ,म क विप्लव लाई भन्न चाहन्छु तपाईहरूलाई यो सत्ता पक्षले हतियार उठाउन बाध्य बनायो तपाई हरू शान्ति प्रेमि हो अहिले हतियार विसाएर शान्तिमा आउनु भएको छ तपाईलाई स्वागत छ ।

एनसेलको करको बिरुद्ध तपाईहरू सडकमा विरोध गर्दा म एक्लै अदालतमा संघर्ष बिरोध गर्दै थिएँ मुद्दा पनि जितियो तर यो दलालहरूको सरकारले कर उठाउन चाँसो दिएको छैन ।

क आहुति (नेकपा वैज्ञानिक समाजवादी पार्टी अध्यक्ष)

दिल्ली सम्झौताका विरुद्ध नेकपा ले झन्डा उठायो ,नेपालको संविधान लाई दलालहरूले उत्कृष्ट भनेका छन र बाबुराम जस्ताले एमसीसी को बिरोध गर्ने मूर्ख हुन भनेका छन । हामिलाई एमसीसीले गर्दा अमेरिकी साम्राज्यवादीहरूको बारेमा बुझ्ने प्रेरणा मिलेको छ । जब सम्म हामी देशभक्त हरू एक भएर अमेरीकि साम्राज्यवाद लाई फाल्न च्यात्न सक्दैनौं तब सम्म हाम्रो संघर्ष जारी रहनेछ ।

सिपि मैनालि( नेकपा माले महासचिव )

साम्राज्यवादी अमेरीकालाई चिनको उपलब्धि मन नपरेको ले एमसीसी पास गरेर नेपालमा बसेर चिन संग लड्न चहान्छ ,एमसीसी भनेको हिन्दु प्रसान्त रणनितिको अंग हो भनेका छन् ।
श्रीमान केपि ओलि र श्रीमान माधब कुमार नेपाल महाकालि सन्धिका मतियार हुन ,संयुक्त राज्य अमेरीकाले जसरी भएपनि एमसीसी पास गर्न प्रयत्नशिल छ । एमसीसी नेपालको कानुन भन्दा माथि हुनेछ भन्ने कुरा लेखेको छ ।

सिपि गजुरेल(देशभक्त जनगणतान्त्रिक मोर्चा अध्यक्ष)

एमसीसी बाट अमेरीका नेपाल बस्न चाहन्छ ,नेपालमा बहुमुल्य बस्तु छ भन्ने अमेरीकालाई थाहा छ नेपालमा भएको युरेनियम ,जल स्रोत ,विश्व सम्पदा अमेरीका कब्जा गर्न चाहन्छ ।

नेपालमा रहेको डा बुद्धिजीवीहरू एमसीसी ठिक छ भनि रहेका छन यिनिहरूलाई म बुद्धिजीवी होईन वुदुजिवि भन्न चाहन्छु , एमसीसी को नाममा अमेरीका चिन संग लड्न चाहन्छ । एमसीसी पास गरेर हामी नेपाललाई सिरिया बनाउन चाहँदैनम। ,लिम्पियाधुरा ,लिपुलेक ,कालापानि, जय सिहं धामिको बिषयमा यो सरकार चुइंक बोल्न सकेको छैन ।हामी बामपंथी हरू संग पार्टी एकता गर्न चाहन्छौ हेरौँ ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.